टर्कीको इस्तानबुलमा बस र ट्राम ठोक्किँदा ३३ जना घाइते « Khabarhub

टर्कीको इस्तानबुलमा बस र ट्राम ठोक्किँदा ३३ जना घाइते


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा सोमबार बस र ट्राम ठोक्किँदा ३३ जना घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार बिहान भीडभाडको समयमा सार्वजनिक यातायातको बस र ट्राम एक आपसमा ठोक्किएका हुन् ।

डेमिरोरेन समाचार एजेन्सीका अनुसार उक्त बस शहरको युरोपेली भागमा रहेको इयुपसुल्तान जिल्लास्थित रेलवे मार्ग पार गर्ने क्रममा दुर्घटना भएको हो ।

घटनास्थलमा एम्बुलेन्स र अग्निनियन्त्रकहरू उद्धारका निम्ति पुगेका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
बस र ट्राम दुबै यात्रुहरूले भरिएका थिए ।

दुर्घटनाले बसमा ठूलो क्षति पुगेको छ भने सो समयमा सडकमा गुडिरहेको एउटा अर्को गाडीमा समेत क्षति पुगेको जनाइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ६ : ३५ बजे

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई

ओझेलमा पर्‍यो रसुवाको जुरेढुङ्गा

रसुवा– आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि जुरेढुङ्गा