श्रीलंकामा ‘समुद्री काँक्रो’ खेतीका लागि चिनियाँ लगानी बढ्दो « Khabarhub

श्रीलंकामा ‘समुद्री काँक्रो’ खेतीका लागि चिनियाँ लगानी बढ्दो


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनले श्रीलंकामा समुद्री काँक्रो (सी क्युकम्बर) भनिने जीवको खेतीमा लगानी बढाइरहेको पाइएको छ । परम्परागत चिनियाँ औषधिमा प्रयोग हुने यस समुद्री जीवले शारीरिक शक्ति बढाउने र थकान घटाउने विश्वास गरिन्छ ।

जियो पोलिटिकका अनुसार चीनले श्रीलंकाको जाफ्नाको तटमा पर्ने आरियालाई गाउँमा चिनियाँ कम्पनी गुई लान प्रालीले कृत्रिम प्रजनन् एवम् उत्पादन केन्द्र स्थापना गरेको छ ।

समुद्री काँक्रो उत्पादनका लागि श्रीलंकाको मौसम अनुकूल भएपनि स्थानीय समुद्री जीव तथा तटीय क्षेत्रका बासिन्दाहरुको जीविकोपार्जनको स्रोत मानिने मत्स्य उद्योगकका लागि भने यसबाट निकै गम्भीर असर पर्ने जनाइएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार सन् २०२१ मा मात्रै श्रीलंकाले ३३६ टन समुद्री काँक्रो निर्यात गरेको थियो । यसको सबैभन्दा ठूलो हिस्सा चीनले आयात गरेको बताइएको छ ।

सन् २०२२ को जुन महिनामा श्रीलंकाली मन्त्रिपरिषदले मुलुकको उत्तरी एवम् पूर्वी क्षेत्रमा समुद्री काँक्रोको उत्पादनका लागि ५ हजार एकड क्षेत्रफल छुट्याउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ८ : ४७ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२