ढिलासुस्ती गर्ने निर्माण कम्पनीले बुझाए कार्यविवरण « Khabarhub

ढिलासुस्ती गर्ने निर्माण कम्पनीले बुझाए कार्यविवरण


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको महुरे–सिमपानी (राजापानी) सडक निर्माणको ठेक्का लिएको निर्माण व्यवसायीले नगरपालिका समक्ष कार्य विवरण पेश गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको निर्देशनपछि महुरेदेखि राजापानीको सिमपानी ९२२ किलोमिटर० सडक खण्ड कालोपत्रेको काम गरिरहेको भारत कन्ट्रक्सनरसिद्धी शाही जेभीले कार्य विवरण पेश गरेको हो ।

मेयर तीर्थराज भट्टराईले गत ३ कात्तिकमा पत्रकार सम्मेलनमार्फत अलपत्र १७ योजना र सम्वद्ध निर्माण कम्पनीको विवरण सार्वजनिक गर्दै भएका प्रगती, मासिक कार्ययोजना र मासिक प्रगती विवरण बुझाउन निर्माण व्यवसायीलाई निर्देशन दिएका थिए ।

उदयपुरको गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत खोटाङभित्र पर्ने महुरे–फोक्सिङटार ९४९ किलोमिटर० खण्डको महुरे–राजापानी सडक कालोपत्रेको काम भारत कन्ट्रक्सनरसिद्धी शाही जेभी तथा सिमपानी भञ्ज्याङदेखि फोक्सिङटार ९२७ किलोमिटर० खण्डको ठेक्का देवनारायण पवनरमैनाचुलीरखाम्पाचे जेभीको जिम्मामा छ । तर, दुबै खण्डको कालोपत्रेको काममा निर्माण कम्पनीले चरम ढिलासुस्ती गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर भट्टराईले बताए । महुरे–फोक्सिङटार सडक दिक्तेलबाट उदयपुर हुँदै पुर्वी शहर आउजाउ गर्ने छोटो दुरीको बाटो हो ।

भारत कन्ट्रक्सनरसिद्धी शाही जेभीका प्रतिनिधि सन्तोष ढकालले १६ मंसिरदेखि १३ पुससम्मको कार्यविवरण पेश गरेका हुन् । भारत कन्ट्रक्सनरसिद्धी शाही जेभीले १६ मंसिरदेखि हप्ता दिनसम्म सव–बेस मर्मत गर्ने, २३ मंसिरदेखि १० दिनसम्म बेस क्रसर उत्पादन गरी बेस बोक्ने, ३ पुसदेखि १० दिनसम्म बेस फिँजाउने र १३ पुसदेखि ४ किलोमिटरमा डिबीएसटी ९पिच०को काम सुरु गर्ने कार्यविवरण पेश गरेको मेयर भट्टराईले बताए । कार्यविवरणमा विविध कारणले कालोपत्रेका क्रममा अवरोध भएमा नगरपालिकालाई जानकारी गराउने र सहयोगको अपेक्षा राखेको उल्लेख गरिएको छ ।

भारत कन्ट्रक्सनरसिद्धी शाही जेभीले २९ असार २०७७ भित्र सम्पन्न गर्ने शर्तमा ३० असार २०७३ मा महुरे–राजापानीको सिमपानी सडक कालोपत्रे योजनाको सम्झौता गरेको थियो ।

४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको हालसम्म करिब ५० प्रतिशत मात्र भौतिक प्रगती देखिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ । सिद्धी शाही जेभीका दिपेन्द्र शाही कांग्रेस डोल्पा सभापति छन् । बीचमा ‘ग्याप’ गरेको निर्माण कम्पनीले कालोपत्रेको कामलाई सुचारु गराएको छ ।

 

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ९ : ०५ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको