बाटोमा रोक्दै, स्यानिटरी प्याड थमाउँदै « Khabarhub

बाटोमा रोक्दै, स्यानिटरी प्याड थमाउँदै


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ-  साँझको बेला छ । कार्यालय बिदा भएर फर्किएका र हाटबजारमा किनमेल गरेर फर्किनेको भीड लागेको छ । सबैलाई दिनभरिको कामको भारी बिसाएर सुस्ताउन घर जाने हतार छ ।

यसैबेला राजविराजस्थित सहिद दशनचौकमा उभिएका एकदर्जन बढी स्वयंसेवी अधिकारकर्मीहरूले बाटो हिँड्ने महिला र किशोरीलाई डाक्दै हातहातमा स्यानिटरी प्याड थमाइरहेका छन् । किशोरीहरूले निसङ्कोच लिए पनि कतिपय महिला सार्वजनिक रुपमा प्याड लिन सङ्कोच मानिरहेका देखिन्छन् । उनीहरूलाई अधिकारकर्मीहरूले बोलाएर महिनावारी हुँदा प्रयोग गर्ने प्याडको प्रयोग र उपयोगिताबारे जानकारी दिन्छन् ।

महिनावारीसँग जोडेर कुनै पनि किसिमको छुवाछूत, विभेद, दुव्र्यवहार वा हिंसा गर्न नहुने र मर्यादापूर्वक जीउन पाउनुपर्ने अधिकारको वकालत गर्छन् । त्यसपछि बल्ल महिला प्याड लिँदै घरका लागि प्रस्थान गर्छन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत मूल समारोह समितिले राजविराजमा स्यानिटरी प्याड वितरण गरेर स्वयंसेवक दिवस मनाएको दृष्य हो यो । ‘स्वयं सेवामार्फत ऐक्यबद्धता’ नाराका साथ बाटो हिँड्ने महिला र किशोरीलाई प्याडको प्रयोग र उपयोगिताबारे जानकारी मात्र दिएनन् अधिकारकर्मीहरूले लैङ्गिक हिंसा नगर्न र हिंसा नसहन आग्रह गरे ।

महिनावारीले हाम्रो वरपर भएका मिथ्या, भ्रम, कुसंस्कारलाई फोर्दै, चिर्दै सशक्तिकरण गर्न र स्वयंसेवाको माध्यमबाट सकारात्मक परिवर्तन ल्याउन स्यानिटरी प्याड वितरण गरिएको एक प्रतिनिधि मनोहर पोखरेलले बताए । गजेन्द्रनारायण सिंह अस्पताल र ग्रिन नेपालबाट उपलब्ध स्यानिटरी प्याडको पोका पाँच सय महिला, किशोरीलाई वितरण गरिएको ग्रिन नेपालका कोषाध्यक्ष दीपक दासले जानकारी दिए । सामूहिक मानवताको शक्तिलाई प्रकाश पार्न र महिनावारी सम्बन्धमा रहेको गहिरो अन्धविश्वास, डर र मौनतालाई तोड्न सडकपेटीमा बसेर स्यानिटरी प्याड वितरण उनले बताए ।

बढ्दो असमानताले उत्पन्न समस्याको साझा समाधान खोज्नको लागि मिलेर काम गर्न आवश्यक छ भनी सन्देश दिन राज्यका प्रतिनिधि र गैरराज्य सङ्घ संस्थाका स्वयंसेवक ऐक्यबद्ध भएर अभियानमा सहभागी रहेको सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लालदासले बताए ।

विश्वास, नम्रता, सम्मान र समानताको स्थितिबाट एक अर्कालाई समर्थन गर्दै विकासका लागि ऐक्यबद्ध हुन स्वयंसेवक दिवसले विश्वभरका स्वयंसेवकलाई आह्वान गरेको छ । स्वयंसेवाबाट आउने आनन्द र सन्तुष्टि अतुलनीय रहेको कार्यक्रममा सहभागी लायन्स क्लबका सेकेण्ड डिस्ट्रिक गर्भनर शङ्कर शारदाले बताए ।

राजविराजमा १६ दिने अभियानअन्तर्गत विभिन्न संस्थाहरूको संयोजनमा मूल समारोह समितिले ¥याली, गोष्ठी, अन्तरक्रिया, विद्यार्थी सचेतना, कविता र वक्तृत्वकला प्रतियोगिता कार्यक्रम गर्दै आएको छ ।

यसैगरी समाज, राष्ट्र अनि विश्वकै विकासमा स्वयंसेवकको ठूलो भूमिका रहेको छ । स्वयंसेवा मानवताको पर्याय पनि हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अविनारायण काफ्ले, राजविराज नगरपालिकाकी अनिता चौधरी, सामुदायिक सेवा केन्द्रका सचिव सञ्जय शर्मा, सहसचिव धीरेन्द्र दास, आसमान नेपालकी शान्ता सिंह, हेल्प मधेसका अध्यक्ष प्रमोद शर्मा, पत्रकारलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  १० : ५३ बजे

प्रहरी महानिरीक्षक कार्कीद्वारा महिला भलिबल टोलीको बिदाइ

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले माल्दिभ्समा हुने काभा भलिबल

आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र भएको इरानको दाबी

तेहरान – आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र

अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ

कर्णाली – लोक सेवा आयोगको कार्यालय सुर्खेतद्वारा सञ्चालित प्रहरी जवान

आजका समाचार : प्रचण्ड प्रधानमन्त्री नबन्ने, १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो र भारतले नेपाललाई दिने अनुदान रकम बढायो

प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर, भने, ‘सत्ताको भागबन्डामा सहभागी हुन्न’ नेपाली

पत्रकार सिटौलाको अन्तिम बिदाइ, कुलमानदेखि बालेनसम्म पुगे (तस्बिरहरू)

काठमाडौं- आइतबार मध्याह्न उपचारका क्रममा काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएका