टोटनहममाथि चेल्सीको सहज जित « Khabarhub

टोटनहममाथि चेल्सीको सहज जित


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कारवाओ कपको पहिलो सेमिफाइनलको पहिलो लेगमा लन्डन क्लब चेल्सीले टोटनहमलाई २-० अन्तरले पराजित गरेको छ ।

बुधबार राति चेल्सी घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा काई हाभर्टजले गोल गर्दा १ गोल उपहारपाएसँगै चेल्सीले फाइनल सम्भावना उच्च बनाएको हो ।

खेलको पाँचौ मिनेटमा हाभर्टजको गोलमा चेल्सीले सुरुवाती अग्रता लियो । ३४औं मिनेटमा आर्सनलका विन डेभिसले आत्मघाती गोल गरेपछि चेल्सीले पहिलो हाफमा २-० को अग्रता बनायो ।

चेल्सीले पहिलो हाफमा गरेको अग्रता जोगाउँदै आर्सनलमाथि दवाव राख्यो । दोस्रो लेग टोटेनहमको मैदानमा १२ जनवरीमा हुनेछ ।

आज हुने भनिएको लिभरपुल र आर्सनलबीचको दोस्रो सेमिफाइनल खेल कोभिडका कारण स्थगित भएको छ । दुबै खेल १३ र २० जनवरीमा हुनेछ । फाइनल खेल भने २७ फेब्रुअरीमा हुनेछ ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  ७ : ४६ बजे

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै

दोलखामा एक निर्वाचन क्षेत्रका लागि ३४ जनाको उम्मेदवारी दर्ता

दोलखा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बनेको छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका १६५

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको