एन्फा कार्यसमिति बैठक बस्दै, यस्ता छन् १९ एजेण्डा « Khabarhub

एन्फा कार्यसमिति बैठक बस्दै, यस्ता छन् १९ एजेण्डा


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिको बैठक आज (बिहीबार) बस्दैछ ।

बरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङसहित सात सदस्यले १ पुसमा कार्यकारी समितिको बैठक माग गरेपछि आज बैठक बस्न लागेको हो ।

सातदोबाटोस्थित एन्फा मुख्यालमा १५ औं साधारण सभा दिउँसो साढे १२ बजे सुरु हुने भनिएको छ ।

बरिष्ठ उपाध्यक्ष विक्रमसहित उपाध्यक्ष द्वय विरबहादुर खड्का, कृष्ण थापासहित सदस्यहरु किरण राई, दावा लामा, दिनेश ब्यञ्जनकार, निरोज खड्गीले लिखित माग गरेपछि एन्फाले १२ पुसमा बैठक मिति तय गरेको थियो ।

एन्फाले १५ पुसमा १९ एजेण्डा बनाएर बैठक बस्ने जानाकारी दिएको थियो । त्यसपछि विधानअनुसार उपाध्यक्ष पंकज र विरबहादुरले ६ एजेण्डा थप गर्न माग गर्दा दावाले ४ तथा राईले ३ एजेण्डा थप माग गरेका थिए ।

एन्फा सचिवालयले राईको मात्रै एजेण्डा थप गरिएको बुझिएको छ ।

२० पुसमा एन्फा पूर्व अध्यक्ष गणेश थापाले ब्यक्तिगत धारणा राख्न पठाएको पत्रले समेत कार्य समितिमा स्थान पाएन । फिफा प्रतिबन्धपछि पहिलो पटक औपचारिक रुपमा एन्फामा पत्र दर्ता गराएका थापाको पत्रलाई स्थान नदिने एन्फाले निर्णय गरेको हो ।

यस्ता छन् एजेण्डा 

१) नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरूलाई पुरस्कृत गर्ने ।
२) राष्ट्रिय टिमको मैत्रीपूर्ण खेल सञ्चालन गर्ने ।
३) सहिद स्मारक ’ए’, ’बी’ र ’सी’ डिभिजन लिग प्रतियोगिता ।
४) महिला राष्ट्रिय लिग सम्बन्धमा ।
५) विभिन्न समिति तथा उपसमितिहरूको गठन तथा पुनर्गठन सम्बन्धमा ।
६) आर्थिक तथा कर्मचारी नियमावली संशोधन सम्बन्धमा ।
७) राष्ट्रिय टिम विदेश भ्रमणमा जाँदाको पेस्की सम्बन्धमा र खेलाडीहरू तथा टिममा सहभागी प्रशिक्षक एवं अफिशियलहरूको सेवा सुविधा ।
८) फिफाद्वारा प्रदान गरिएका आर्थिक निर्देशन तथा अनुसन्धानको सुझावहरू पालना गर्ने ।
९) विभिन्न निर्माण कार्यहरूबाट बाँकी रकम सदुपयोग गर्ने तथा फिँजियो थेरापीको सामान खरिद गर्ने ।
१०) एन.एस.एल.को सम्झौता ।
११) जिल्ला, प्रदेश, एन्फा प्रेसिडेन्ट कप तथा राष्ट्रिय लिग ।
१२) जिल्ला तथा प्रदेश फुटबल संघ लगायत अन्य सदस्य संघहरू (खेलाडी, रेफ्री, प्रशिक्षक तथा महिला)को निर्वाचन तथा साधारण सभा।
१३) संघको नियमित साधारण सभा बैठक।
१४) निर्वाचन निर्देशिका सम्बन्धमा ।
१५) आर्थिक सहयोग तथा औषधि उपचार खर्च सम्बन्धमा ।
१६) संघले सञ्चालन गर्ने विभिन्न कार्यक्रम, प्रतियोगिता लगायत प्रशिक्षणमा लिने शुल्क ।
१७) संघको विभिन्न कार्यक्रम तथा प्रतियोगिता, सभा, बैठकहरूमा प्रतिनिधित्व गर्दै सहभागी हुने खेलाडी, पदाधिकारी, प्राविधिक, कर्मचारी तथा प्रतिनिधिहरूको दैनिक तथा भ्रमण भत्ता परिमार्जन गर्ने ।
१८) वार्षिक कार्यक्रम तथा बजेट ।
१९) विविध ।

यी हुन राईका ३ एजेण्डा:
१) त्रिदेशीय फुटबल प्रतियोगिताको गेट टिकट विक्री वापत प्राप्त रकम सम्बन्धमा ।
२) केन्द्रिय निर्वाचन समिति गठन सम्बन्धमा ।
३) विषय सूचि संसोधन सम्बन्धमा (विषय सूचि नम्बर १३) संघको नियमित साधारण सभा मात्र उल्लेखित भएको हुँदा संघको निर्वाचन मिति घोषणा सहितको विषय सूचि संसोधन सम्बन्धमा।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  ९ : ०७ बजे

पहिरोले भोटखोला जाने सडक अवरुद्ध

किमाथाङ्का– सङ्खुवासभाको कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोलामा पहिरोका कारण सडक

प्राथमिक उपचारकर्ता उत्पादनका लागि तालिम सुरु : प्रशिक्षणमा महिलाको उत्साह 

काठमाडौं– हरेक वडामा २५ जना प्राथमिक उपचारकर्ता उत्पादन गर्ने लक्ष्यसहित

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौं- नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले नयाँ सरकारद्वारा सार्वजनिक

सरकारलाई अदालतको आदेश : पूर्वप्रधानमन्त्री ओलीको उपचारका लागि व्यवस्था गर्नू

काठमाडौं- जिल्ला अदाल काठमाडौंले शनिबार पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा