कतारमा एकैदिन २२ सयभन्दा बढी संक्रमित थपिए « Khabarhub

कतारमा एकैदिन २२ सयभन्दा बढी संक्रमित थपिए


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कतारमा पछिल्लो केही दिनयता कोरोना संक्रमण तीव्र रूपमा फैलिएसँगै बुधबार एकैदिन २२ सयभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार २ हजार २ सय ७३ नयाँ संक्रमित थपिएका हुन् । तीमध्ये १ हजार ६ सय ८७ समुदायभित्रकै संक्रमित हुन् भने ५ सय ८६ विदेशबाट फर्केका यात्रु हुन् । योसँगै कतारमा संक्रमितको संख्या २ लाख ५७ हजार ५ सय ४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कतारमा १९३ जना संक्रमित निको भएका छन् । निको हुनेको संख्या पनि २ लाख ४५ हजार ४६७ पुगेको मन्त्रालयले जनाएको छ । हालसम्म कतारमा ६१८ जनाले कोभिड संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

यो समाचार तयार पार्दासम्म कतारमा सक्रिय संक्रमितको संख्या १० हजार ४१९ रहेको छ भने ४४६ जना यहाँको विभिन्न अस्पतालमा उपचार गराईरहेका छन् । तीमध्ये ३५ जनाको आईसीयूमा उपचार भैरहेको छ ।

कतारमा यो समाचार तयार पर्दासम्म ५२ लाख ४५ हजार ७३८ जनाले कोरोना विरुद्धको खोप लगाईसकेका छन् भने ३ लाख ९ हजार ६७५ जनाले बुस्टर डोज समेत लगाइसकेको मन्त्रालयले जनाएको छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे नखुलाए पनि अहिले ठूलो संख्यामा नेपाली कामदार पनि संक्रमित भएको बुझिएको छ । अहिलेसम्म कोरोनाबाट कतारमा २४ नेपाली श्रमिकले ज्यान गुमाइसकेको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

खोप नलिएका सबै योग्य व्यक्तिहरूलाई खोप लिन र दुवै डोज खोप लगाइसकेकालाई बुस्टर डोज लिन समेत मन्त्रालयले आग्रह गरेको छ ।

–योगेन्द्र योगी

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  २ : ४५ बजे

विमानस्थल बन्यो, जहाज उड्ने टुङ्गो छैन

बागलुङ– बागलुङस्थित बलेवा विमानस्थल कालोपत्र गरेर रङरोगनले चिटिक्क परेको एक

जनशक्ति अभावबीच सेवा प्रवाह गर्दै मेथिनकोट अस्पताल

बनेपा – काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित मेथिनकोट अस्पतालमा पर्याप्त भौतिक

एलन मस्क फेरि बने विश्वकै धनी व्यक्ति  

न्युयोर्क– एलन मस्क फेरि विश्वकै धनी व्यक्ति बनेका छन् ।

प्रधानमन्त्रीको भारत भ्रमण र सुशासन

लामो प्रतिक्षापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले भारत भ्रमणमा छन्।

एमालेको सचिवालय बैठक भोलि, के छ एजेन्डा?

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक भोलि