मेगा बैंक र मोको डिजिटल वालेटबीच साझेदारी « Khabarhub

मेगा बैंक र मोको डिजिटल वालेटबीच साझेदारी


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मेगा बैंक नेपाल लिमिटेडले डिजिटल बैंकिङ्ग सुविधालाई अझ सुदृढ एवम् परिस्कृत गर्ने उद्देश्यले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको कार्डको लागि साझा केन्द्रको रूपमा कार्य गर्ने मोको डिजिटल वालेटसँग सहकार्य गरेको छ ।

यो साझेदारीसँगै मेगा बैंकका खातावालहरूले अब सिधै आफ्नो डेबिट वा क्रेडिट कार्डहरू मोको डिजिटल वालेटमा बिना कुनै मौज्दात, बिना कुनै शुल्क सहज रुपमा लोड गरी मोको डिजिटल वालेटको प्रयोग गर्न सक्नेछन । मोको डिजिटल वालेटमार्फत प्रयोगकर्ताहरूले आफ्नो वालेटमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको कार्ड सहज रुपमा लोड गरी क्यूआर कोड स्क्यान गरी सहजै रकमको भुक्तानी तथा रकमान्तर गर्न सक्नेछन ।

यस सुविधामार्फत ग्राहकहरुले हरेक कारोवारको लागि पटक–पटक मौज्दात लोड गर्नु नपर्ने हुँदा ग्राहकहरुलाई रकमको भुक्तानी तथा रकमान्तर गर्न अझ सहज हुने विश्वास लिएको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताइन् । सिइओ खुञ्जेलीका अनुसार, अब मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले मोको डिजिटल वालेटका नवीनतम सेवाहरुको फाइदा उठाउन सक्नेछन् ।

मोको सुविधा तथा सुरक्षालाई ध्यानमा राखेर निर्माण गरिएको पूर्ण रूपले फरक प्रकारको वालेट हो । यो एपले पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सेक्युरिटी स्टाण्डर्ड(पीसीआइडीएसएस) को नवीनतम प्रोटोकलको समेत अनुपालना गरेको हुँदा यो एप सुरक्षित ब्याक–इण्ड प्रणाली भएको मेगा बैंकका डिजिटल तथा ई–बैकिङ्ग प्रमुख बिश्व सिंहले जानकारी दिए ।

उनका अनुसार, मोको डिजिटल वालेट प्रयोगकर्ताहरूले युनिफाइट क्यूआर पेमेन्टको समेत लाभ लिन सक्नेछन । यस सुविधामार्फत मोको डिजिटल वालेट प्रयोगकर्ताहरू र मेगा बैंकका कार्ड प्रयोगकर्ताहरूले एलीपे, नेपाल पे, युनियन पे, भिसाजस्ता विभिन्न डिजिटल प्लेटफर्महरूमार्फत स्क्यान एण्ड पे प्रक्रियाको सहायताले रकमको भुक्तानी गर्न सक्नेछन् ।

मोको प्रयोगकर्ताहरूले प्रत्येक कारोवारको लागि रिवार्ड पोइन्टहरू प्राप्त गर्नेछन् भने संकलन भएको रिवार्ड पोइन्टहरू पछि मोकोको सहयोगीहरू र साझेदारहरूमार्फत आकर्षक उपहार तथा भौचरहरु रिडेम गर्नसमेत प्रयोग गर्न सकिन्छ । मोको एप गुगल प्ले स्टोर र एप स्टोरबाट सजिलै डाउनलोड गर्न सकिने मेगा बैंकले जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  ४ : ०० बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान