एनएमबी बैंकले १२.५० प्रतिशत बोनस शेयर दिने « Khabarhub

एनएमबी बैंकले १२.५० प्रतिशत बोनस शेयर दिने


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनएमबी बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरुको उपस्थितिमा विहीबार २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौँस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा साधारण सभा भएको थियो। ,

एनएमबी बैंकको सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्नभएको हो । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गरेका थिए।

उक्तवार्षिक साधारण सभाद्वारा आर्थिक वर्ष २०७७–७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस शेयर र ३.३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । स्वीकृत बोनस शेयर पश्चात बैंकको चुक्तापूँजी रु. १८ अर्व ३६ करोड पुग्ने छ । बैंकको २०७८ असारसम्ममा खुदनाफा २ अर्ब ७१ करोड, निक्षेप रु. १६६ अर्ब र कर्जा रु. १५८ अर्ब रहेको छ ।

बैंकले २०१७, २०१८, २०२० र २०२१ गरी चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफदिइयर नेपाल’प्राप्त गरेको छ । बैंकले हाल २०१ वटा शाखा, १३८ एटीएम र ९ विस्तारित सेवाद्वारा उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

 

 

 

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  ८ : ११ बजे

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

आईपीयू महासभामा जानेबारे सभामुखद्वारा राष्ट्रपतिलाई जानकारी

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार

कानून सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्न खोज्दैछौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विद्यमान कानून सुधारमार्फत विकास र

अर्थमन्त्रीको दाबी : इतिहासमै वर्तमान सरकार सबैभन्दा बढी निजी क्षेत्र-मैत्री छ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको इतिहासमै वर्तमान सरकार सबैभन्दा