एमाले सुनसरी अध्यक्षका लागि तीन आकांक्षी « Khabarhub

एमाले सुनसरी अध्यक्षका लागि तीन आकांक्षी


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– नेकपा एमालेले शुक्रबार देशभर एकैसाथ जिल्ला अधिवेशन गर्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट एकैसाथ उद्घाटन गर्ने जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्व चयनसहितको जिल्ला अधिवेशन भएका कारण एमालेका नेता कार्यकर्तामा यतिखेर चुनावी सरगर्मी निकै बढेको छ ।

सुनसरी एमालेमा पनि अधिवेशनबाट नेतृत्व लिन नेताहरूले सक्रियता बढाएका छन् । नेताहरूले सर्वसम्मत नेतृत्व चयनको गृहकार्य अघि बढाइरहँदा जिल्ला अध्यक्षका लागि भने तीन नेताहरूले आकाङ्क्षा राखेका छन् । अहिले देखिएका अनुहार भने कुनै नयाँ होइनन् । यसअघि जिल्लाको पदाधिकारीमा बसेर काम गरिसकेका छन् ।

अध्यक्षमा दाबी गर्नेमध्ये पूर्व संविधान सभा सदस्य रेवती रमण भण्डारी एक हुन् । उनी यसअघि तत्कालीन नेकपा हुँदा केपी ओली पक्षले पार्टीको जिल्ला अध्यक्ष तोकेको थियो । नेकपा विभाजित भएर एमाले बनेसँगै उनलाई १० बुँदेको वकालत गर्दै आएका जिल्लाका नेताले नेतृत्व मान्न तयार नभएपछि भण्डारीले अध्यक्ष छोडेका थिए । उनी इटहरीमा रहेको जनता बहुमुखी क्याम्पसका व्यवस्थापन समिति अध्यक्ष समेत हुन् ।

त्यस्तै अर्का अध्यक्षका आकाङ्क्षी हुन्– हालका जिल्ला अध्यक्ष खेमराज पोखरेल ।

यसअघि जिल्ला उपाध्यक्षमा बसेर काम गरिसकेका पोखरेल अध्यक्ष दोहोर्‍याउने दाउमा छन् । पोखरेल पार्टी प्रदेश कमिटी सदस्य तथा तत्कालीन केपी ओली सरकारले बनाएको सुकुम्वासी आयोग जिल्ला अध्यक्षसमेत थिए । नेकपा विभाजित भएपछि उनले जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका हुन् ।

केपी ओली पक्षले भण्डारीलाई अध्यक्ष बनाए पनि फरक मत राख्नेले पोखरेल अध्यक्ष हुनुपर्ने माग गरेका थिए । जिल्लामा देखिएको पार्टी भित्रको द्वन्द्वलाई निरुत्साहित पार्न दुवै पक्षका नेता तथा कार्यकर्ताले पोखरेललाई अध्यक्ष मानेका हुन् ।

त्यस्तै अध्यक्षका अर्का आकांक्षी हुन्, इटहरीका मेयर द्वारिकलाल चौधरी ।

पार्टीको छैटौँ जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्ष बनेका चौधरी स्थानीय तहको चुनाव अघि जिल्ला अध्यक्ष हुन् । उनी प्रदेश कमिटी सदस्य समेत छन् ।

चर्चामा आइरहने मेयर चौधरीले जनप्रतिनिधिको रुपमा आफ्नो कार्यकाल सकिन लागेको भन्दै पार्टीमा रहेर सक्रिय राजनीति गर्ने चाहेको बताएका छन् ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  ९ : १५ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा