एमाले सुनसरी अध्यक्षका लागि तीन आकांक्षी « Khabarhub

एमाले सुनसरी अध्यक्षका लागि तीन आकांक्षी


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– नेकपा एमालेले शुक्रबार देशभर एकैसाथ जिल्ला अधिवेशन गर्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट एकैसाथ उद्घाटन गर्ने जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्व चयनसहितको जिल्ला अधिवेशन भएका कारण एमालेका नेता कार्यकर्तामा यतिखेर चुनावी सरगर्मी निकै बढेको छ ।

सुनसरी एमालेमा पनि अधिवेशनबाट नेतृत्व लिन नेताहरूले सक्रियता बढाएका छन् । नेताहरूले सर्वसम्मत नेतृत्व चयनको गृहकार्य अघि बढाइरहँदा जिल्ला अध्यक्षका लागि भने तीन नेताहरूले आकाङ्क्षा राखेका छन् । अहिले देखिएका अनुहार भने कुनै नयाँ होइनन् । यसअघि जिल्लाको पदाधिकारीमा बसेर काम गरिसकेका छन् ।

अध्यक्षमा दाबी गर्नेमध्ये पूर्व संविधान सभा सदस्य रेवती रमण भण्डारी एक हुन् । उनी यसअघि तत्कालीन नेकपा हुँदा केपी ओली पक्षले पार्टीको जिल्ला अध्यक्ष तोकेको थियो । नेकपा विभाजित भएर एमाले बनेसँगै उनलाई १० बुँदेको वकालत गर्दै आएका जिल्लाका नेताले नेतृत्व मान्न तयार नभएपछि भण्डारीले अध्यक्ष छोडेका थिए । उनी इटहरीमा रहेको जनता बहुमुखी क्याम्पसका व्यवस्थापन समिति अध्यक्ष समेत हुन् ।

त्यस्तै अर्का अध्यक्षका आकाङ्क्षी हुन्– हालका जिल्ला अध्यक्ष खेमराज पोखरेल ।

यसअघि जिल्ला उपाध्यक्षमा बसेर काम गरिसकेका पोखरेल अध्यक्ष दोहोर्‍याउने दाउमा छन् । पोखरेल पार्टी प्रदेश कमिटी सदस्य तथा तत्कालीन केपी ओली सरकारले बनाएको सुकुम्वासी आयोग जिल्ला अध्यक्षसमेत थिए । नेकपा विभाजित भएपछि उनले जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका हुन् ।

केपी ओली पक्षले भण्डारीलाई अध्यक्ष बनाए पनि फरक मत राख्नेले पोखरेल अध्यक्ष हुनुपर्ने माग गरेका थिए । जिल्लामा देखिएको पार्टी भित्रको द्वन्द्वलाई निरुत्साहित पार्न दुवै पक्षका नेता तथा कार्यकर्ताले पोखरेललाई अध्यक्ष मानेका हुन् ।

त्यस्तै अध्यक्षका अर्का आकांक्षी हुन्, इटहरीका मेयर द्वारिकलाल चौधरी ।

पार्टीको छैटौँ जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्ष बनेका चौधरी स्थानीय तहको चुनाव अघि जिल्ला अध्यक्ष हुन् । उनी प्रदेश कमिटी सदस्य समेत छन् ।

चर्चामा आइरहने मेयर चौधरीले जनप्रतिनिधिको रुपमा आफ्नो कार्यकाल सकिन लागेको भन्दै पार्टीमा रहेर सक्रिय राजनीति गर्ने चाहेको बताएका छन् ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  ९ : १५ बजे

गौरीघाट क्षेत्रलाई मौलिक स्वरुप दिइँदै

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले गौरीघाट गुह्येश्वरी क्षेत्रमा ढुङ्गा छपाइ सुरु गरेको

फोहर बेचेर २७ लाख रुपैयाँ आम्दानी

तनहुँ– तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरेर एक वर्षमा

हुम्लाको चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत

हुम्ला– भोटेकोशी बाढीबाट प्रभावित तथा विस्थापित नागरिकको राहत र पुनःस्थापनाका

भोटेकोशी बाढी : पोखरामा २१ शवको सनाखत

कास्की– रसुवा भोटेकोशी बाढीपछि उद्धार तथा खोजतलासका क्रममा भेटिएका र

‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’

म्याग्दी- म्याग्दीका उद्धारकर्मी इन्द्रसिंह शेरचनले विसं २०६० मा पहिलोपटक अन्नपूर्ण