म्यानचेस्टर सिटी एफए कपको पाँचौ चरणमा « Khabarhub

म्यानचेस्टर सिटी एफए कपको पाँचौ चरणमा


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – म्यानचेस्टर सिटी एफए कपको पाँचौ चरणमा प्रवेश गरेको छ। प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा फुलहमलाई ४-१ गोल अन्तरले पराजित गर्दै सिटी पाँचौ चरणमा प्रवेश गरेको हो।

सुरुवाती अग्रतालाई उल्टाएर शानदार पुनरागमन गरेको सिटी अन्तिम १६मा प्रवेश गरेको हो।

फुलहमका फाबियो कार्भाल्होले खेलको चौंथो मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। तर, उक्त अग्रता दुई मिनेट भन्दा बढी टिक्न सकेन। खेलको छैठौं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै खेल बराबरीमा फर्काए।

खेलको १३ औं मिनेटमा जोन स्टोन्सले गोल गर्दै सिटीको अग्रता २-१ बनाए। त्यसपछि सिटी खेलमा हाबी भयो।

५३ औं मिनेटमा रियाद महरेजले पेनाल्टीको अवसरलाई सदुपयोग गरे। पेनाल्टी गोलसँगै सिटी ३-१ ले अगाडि भयो।

त्यसपछि खेलको ५७ औं मिनेटमा महरेजले व्यक्तिगत दोस्रो गोल गर्दैै अग्रता ४-१ बनाए।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ५ : ५३ बजे

एसिसी प्रिमियर कप : आज साउदीसँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २१ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ २१ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २१ गते आइतबार सन् २०२६

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी