म्यानचेस्टर सिटी एफए कपको पाँचौ चरणमा « Khabarhub

म्यानचेस्टर सिटी एफए कपको पाँचौ चरणमा


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – म्यानचेस्टर सिटी एफए कपको पाँचौ चरणमा प्रवेश गरेको छ। प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा फुलहमलाई ४-१ गोल अन्तरले पराजित गर्दै सिटी पाँचौ चरणमा प्रवेश गरेको हो।

सुरुवाती अग्रतालाई उल्टाएर शानदार पुनरागमन गरेको सिटी अन्तिम १६मा प्रवेश गरेको हो।

फुलहमका फाबियो कार्भाल्होले खेलको चौंथो मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। तर, उक्त अग्रता दुई मिनेट भन्दा बढी टिक्न सकेन। खेलको छैठौं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै खेल बराबरीमा फर्काए।

खेलको १३ औं मिनेटमा जोन स्टोन्सले गोल गर्दै सिटीको अग्रता २-१ बनाए। त्यसपछि सिटी खेलमा हाबी भयो।

५३ औं मिनेटमा रियाद महरेजले पेनाल्टीको अवसरलाई सदुपयोग गरे। पेनाल्टी गोलसँगै सिटी ३-१ ले अगाडि भयो।

त्यसपछि खेलको ५७ औं मिनेटमा महरेजले व्यक्तिगत दोस्रो गोल गर्दैै अग्रता ४-१ बनाए।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ५ : ५३ बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित