लिग वान फुटबल : रोहित सहभागी पर्सिजा बराबरीमा रोकियो | Khabarhub Khabarhub

लिग वान फुटबल : रोहित सहभागी पर्सिजा बराबरीमा रोकियो


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इन्डोनेसियाको लिग वान फुटबल अन्तर्गत गएराति भएको खेलमा नेपाली राष्ट्रिय टिमका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जकार्ता बराबरीमा रोकिएको छ ।

शनिबार रातिको खेलमा पर्सिजा शीर्ष स्थानको एरिमा एफसीसँग १–१ को बराबरीमा रोकिएको हो ।

पर्सिजाले सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो ।
खेलको ४० औं मिनेटमा मार्को सिमिचले गोल गर्दै पर्सिजालाई अग्रता दिलाएका थिए । दोस्रा हाफको ५७ औं मिनेटमा कार्लोस फोर्टेसले गोल गर्दै खेल बराबरीमा फर्काएका हुन् ।

एरिमाविरुद्ध रोहित पुरै समय मैदान थिए । यो बराबरीसँगै पर्सिजाले २३ खेलमा ३३ अंक बनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ६ : ०३ बजे

महानगरभित्र फोहर तथा प्लास्टिकजन्य बस्तु बाल्न प्रतिबन्ध 

काठमाडौं– काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य

सुरक्षण मुद्रण केन्द्रको सञ्चालनपछि अर्बौँको बचत

काभ्रेपलान्चोक- काभ्रेपलान्चोकको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ

उमा कुङफुको ग्रोडिङ

काठमाडौं– नेपाल उमा कुङफु संघको आयोजनामा स्वयम्भूस्थित स्प्रिङसाइन नेसनल स्कुलका

 क्लाउड फ्याक्ट्रीलाई कर्पोरेट क्रिकेटको उपाधि

काठमाडौं– तेस्रो संस्करणको सीई कर्पोरेट टि–टेन इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि

बेमौसमी वर्षा : दुई अर्बभन्दा बढीको क्षति

विराटनगर– अविरल वर्षाबाट कोशी प्रदेशमा कूल दुई अर्ब पाँच करोड