अमेरिकन कम्पनीबाट पाँचखाल स्मार्ट सिटीको अध्ययन | Khabarhub Khabarhub

अमेरिकन कम्पनीबाट पाँचखाल स्मार्ट सिटीको अध्ययन


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक–पाँचखाल नगरपालिकामा विकास गरिने ‘स्मार्ट सिटी’को अध्ययन अमेरिकन कम्पनीले गर्ने भएको छ । त्यसका लागि नगरसँग सम्झौता गरेको काठमाडौँस्थित इन्फ्रास्टक्चर बैंक लिमिटेड (निफ्रा)ले अमेरिकाको जेएलएल नामक संस्थालाई बजार अध्ययन गर्न लगाउने भएको हो ।

निफ्राले काभ्रेपलाञ्चोकको पाँचखाल नगरसँग गत साउन १२ गते नगरलाई ‘स्मार्ट सिटी’ बनाउने सहकार्यमा सात शर्तसहितको सम्झौता गरेको थियो । सार्वजनिक–निजी साझेदारीमा (सवल, सक्षम, समावेशी र समृद्ध पूर्वाधार) परियोजनामा लगानी, निर्माण एवं सञ्चालन गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो । नगरप्रमुख महेश खरेल र बैंकका कार्यकारी अधिकृत रामकृष्ण खतिवडाद्वारा हस्ताक्षरित सम्झौतामा स्मार्ट सिटीका लागि व्यवस्थित गर्नुपर्ने र पूर्वाधारलगायत निजी–साझेदारी माध्यमबाट नगरलाई स्मार्ट बनाउने विषयमा सात बुँदे सम्झौता गरिएको थियो ।

करिब चार हजार ५०० रोपनी क्षेत्रफलमा निर्माण गरिने स्मार्ट सिटीका लागि पूर्वाधार निर्माणार्थ करिब रु दुई अर्ब खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । कूल क्षेत्रफलमध्ये ६५० रोपनी जमिन नगरले आफ्नो स्वामित्वबाट उपलब्ध गराउनेछ । बैंकका कार्यकारी अधिकृत खतिवडाका अनुसार निफ्राले आफ्नो सञ्चालक समितिको स्वीकृतिमा जेएलएल संस्थालाई बजार अध्ययनको जिम्मा दिने भएको छ ।

निफ्राले जेएलएलको प्रतिवेदनपछि स्मार्ट सिटीको थप विस्तृत अध्ययनको काम अघि बढाइने जनाएको छ । जेएलएलले करिब दुई महिना अध्ययन गर्नेछ । निफ्राले स्मार्ट सिटीको विकासका लागि स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, स्थानीय जनता तथा सरोकारवालासँग छलफलसमेत गरेको जनाइएको छ‘ल्याण्ड पुलिङ मोडल’मा विकसित हुने स्मार्ट सिटीका लागि नगरले प्रशासनिक र जमिन व्यवस्थापनको काममा सघाउने तथा पूर्वाधार निर्माणको खर्च निफ्रा र उसका साझेदार संस्थाले गर्ने नगरप्रमुख महेश खरेलले बताए ।

उनका अनुसार निफ्राले त्यस कार्यका लागि विदेशी तथा स्वदेशी निर्माण कम्पनीसँग साझेदारी गर्दै प्रक्रियालाई निरन्तरता दिनेछ । विकसित मुलुकमा स्मार्ट सिटीलाई सूचना प्रविधिसँग जोडिएको हरित सहरका रूपमा बुझिन्छ । नेपालको हकमा भने एउटा सहरमा हुनुपर्ने आधारभूत सबै प्रकारका सुविधा भएको पूर्वाधारयुक्त सहरका रुपमा लिइन्छ । स्मार्ट सिटीमा सबै क्षेत्रमा विद्युत्, विद्यालय, कलेज, अस्पताल, विविध पार्क, बजार, ढल–निकास, बसपार्क तथा सिनेमा हलजस्ता सुविधा हुनेछन् ।

उद्यमशीलताको विकास एवं प्रबद्र्धन गर्न नगरपालिकाले अन्य वित्तीय संस्थासँग सम्झौता गरिरहेको छ । उद्यम गर्न चाहने स्थानीयवासीका लागि नगरको सिफारिसमा सहजरुपमा सरल कर्जा उपलब्ध गराउने उद्देश्यले गत भदौमा नवील बैंकसँग पनि सम्झौतापत्रमा दुई पक्षबीच हस्ताक्षर भएको थियो । नगरलाई ‘कृषि सहर’का रुपमा विकसित गर्न विभिन्न गतिविधि अघि पनि बढाइएको छ । यसका लागि नगरले विभिन्न शीर्षकमा अनुदान तथा औँजार प्रदान गर्दै आएको छ । विसं २०७१ मा साविक पाँच गाविस जोडेर पाँचखाल नगरपालिका बनाइएकामा तीन वर्षअघि पनि दुई गाविस थपेर अझ वृहत बनाइएको थियो । तेह्र वडामा विभाजित नगरपालिकाको कूल क्षेत्रफल १०३ वर्ग किलोमिटर रहेको र त्यसभित्र हाल ३५ हजार ९९२ नागरिकको बसोबास रहेको छ ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ४ : १५ बजे

रसुवाको बाढीमा १२ नेपाली र ६ चिनियाँ बेपत्ता, ९ जनाको उद्धार

रसुवा– रसुवामा आएको बाढीमा परी १२ नेपाली र ६ चिनिया

भोटेकोशी बाढी : राहत र उद्धारमा सक्रिय बन्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौं – पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल

बाढीले २ सय मेगावाट बिजुली रोकियो, रसुवागढी र त्रिशूली थ्री ‘ए’ तत्काल सञ्चालनमा नआउने 

रसुवा– चीनतर्फबाट केरुङ र लेन्देखोलामा आएको भीषण बाढीका कारण रसुवास्थित

भोटेकोशीको बाढीको असर : कहाँ-कहाँ हुन्छ जोखिम ?

काठमाडौं – चीनको तिब्बत क्षेत्रमा भारी वर्षापछि भोटेकोशी नदीमा ठुलो

रसुवा बाढी अपडेट : हाइड्रोपावरमा क्षति, सडकहरू अवरुद्ध, सवारी साधन बगे 

काठमाडौं– नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले