राप्रपाः लिङ्देन र थापाबीच भेट, निर्मल निवास हस्तक्षेपबारे छलफल « Khabarhub

राप्रपाः लिङ्देन र थापाबीच भेट, निर्मल निवास हस्तक्षेपबारे छलफल


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र पूर्वअध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । शनिबार लिङ्देन विशानगरस्थित थापाको निवास पुगेका थिए ।

भेटमा दुई नेताबीच पार्टीमा देखिएको विवादका विषयमा छलफल भएको थियो ।

महाधिवेशन सकिएको दुई महिनापछि दुई नेताबीच भेटवार्ता भएको हो । भेटमा थापाले महाधिवेशनमा निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न आफूले मंसिर २७ र माघ १६ मा अध्यक्षलाई पत्र लेखे पनि कुनै प्रत्युत्तर नआएको गुनासो गरेका थिए ।

जवाफमा लिङ्देनले निर्मल निवासको हस्तक्षेपबारे पार्टीमा छलफल गर्ने प्रतिबद्धता जनाएका थिए ।

‘दुई नेताबीच अहिले देखिएका विषयमा लामो कुराकानी भयो । निवर्तमान अध्यक्षले राखेको प्रस्तावबारे पार्टीमा छलफल गर्ने प्रतिबद्धता जनाउनु भएको थियो,’ राप्रपा केन्द्रीय सदस्य राजाराम बर्तौलाले भने, ‘उहाँ (थापा) अध्यक्षज्यूको पत्रको प्रतीक्षामा हुनुहुन्छ ।’

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ४ : ३२ बजे

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ