जोरबिजोर प्रणाली हटाउन सरकारलाई सीसीएमसीको सिफारिस « Khabarhub

जोरबिजोर प्रणाली हटाउन सरकारलाई सीसीएमसीको सिफारिस


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली सोमबारबाट खारेज गर्न सिफारिस गरेको छ ।

सीसीएमसीको आज बसेको बैठकले जोरबिजोर प्रणाली खारेज गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले भोलिबाट जोरबिजोर प्रणाली हटाउन गृह मन्त्रालयलाई सिफारिस गरेको जानकारी दिइन् ।

त्यस्तै, बैठकले विश्वविद्यालय तथा अन्य शैक्षिक संस्था फागुन १ गतेबाट भौतिक उपस्थितिमा सञ्चालन गर्न पनि सिफारिस गरेको छ ।

त्यसैगरी, डान्सबार, दोहोरी, क्लब जस्ता रात्रिकालीन व्यवसाय, सिनेमा घर, व्यायाम सेन्टर, स्वीमिङ पुल, फुटसल जस्ता व्यवसाय फागुन १ गतेदेखि राति १० बजेसम्म सञ्चालन गर्न दिन गृह र पर्यटन मन्त्रालयलाई सिफारिस गरिएको छ ।

सीसीएमसीले खोप कार्ड हराएकाहरूलाई खोप लगाउन सहज बनाउन पनि स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ६ : ०० बजे

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ