बालुवाटार बैठकमा प्रचण्डले भने- एमसीसीलाई पत्र लेखेको हो « Khabarhub

बालुवाटार बैठकमा प्रचण्डले भने- एमसीसीलाई पत्र लेखेको हो


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी मुख्यालयमा पत्र पठाएको स्वीकार गरेका छन् ।

आइतबार बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको बैठकका क्रममा उनले आफूले प्रधानमन्त्री देउवासँग मिलेर एमसीसी मुख्यालयमा पत्र पठाएको स्वीकार गरेका हुन् ।

सत्तापक्षले एमसीसी मुख्यालयमा केही समय पर्खन अनुरोध गर्दै पठाएको पत्र सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो । सत्तापक्षले पत्रबारे गुपचुप राख्न खोजे पनि पत्र बाहिरिएको थियो । गोप्यरुपमा पत्र पठाएको भन्दै पत्रबारे आलोचना भइरहँदा प्रचण्डले त्यसलाई स्वीकार गरेका हुन् । आइतबार बैठकपछि एमाले महासचिव शंकर पोखरेलले प्रचण्डले आफूले पत्र लेखेको छैन भनेर नभनेको स्वीकार गरेको बताए ।

एमसीसीमा सहयोग गर्न प्रधानमन्त्री देउवाले एमालेलाई आग्रह गरेका थिए भने प्रचण्डले राष्ट्रिय मुद्दामा समान धारणा बनाएर अघि बढ्न एमालेलाई आग्रह गरेका थिए । संवेदनशील मामिलामा सत्ता गठबन्धनको एउटै दृष्टिकोण हुनुपर्ने कुरा एमालेले राखेको महासचिव पोखरेलले बताए ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ७ : १० बजे

गृहमन्त्रीलाई महरले भने- सिलिन्डर बोकेर भाइरल हुन उद्धारमा डिस्टर्ब नगर्नुस्

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गृहमन्त्री सुधन गुरुङलाई उद्धार अभियानको

माथिल्लो त्रिशूली-१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र

रसुवा– भोटेकोशी बाढीपछि जिल्लाका विभिन्न जलविद्युत् आयोजनाको सुरुङ इलाकामा फसेका

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएकालाई आर्मी अस्पताल छाउनी ल्याइयो (तस्बिरहरू) 

काठमाडौं– त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनालाई जीवित

कृष्णभीरमा ट्रयाक खोल्न थालियो

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्रयाक खोल्ने काम आज

जाइरोङ नाकामा खोज–उद्धार जारी

बेइजिङ– नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको