संघीय सरकारलाई दबाब दिन मधेश प्रदेशमा मन्त्रीले दर्ता गराए संकल्प प्रस्ताव « Khabarhub

संघीय सरकारलाई दबाब दिन मधेश प्रदेशमा मन्त्रीले दर्ता गराए संकल्प प्रस्ताव


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशका आन्तरिक मामिला तथा संचारमन्त्री भारत साहले प्रदेश प्रहरी गठन, संचालन तथा भर्नाको माग गर्दै संघीय सरकारलाई दबाब दिन प्रदेश सभामा संकल्प प्रस्ताव दर्ता गराएका छन् ।

संघीय सरकारले प्रहरी सम्बन्धी ऐन र प्रहरी कर्मचारी समायोजन ऐन बनाइ राष्ट्रपतिद्वारा प्रमाणिकरण भइसकेको अवस्थामा बनेको प्रदेश प्रहरी ऐन कार्यान्वयमा आउन नसकेकोले संकल्प प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराइएको मन्त्री साहले बताए ।

संकल्प प्रस्ताव सचिवालयमा आइतबार नै दर्ता भए पनि सभामा समय अभावले टेबुल हुन नसकेको मन्त्री साहले बताए । मन्त्री साहले प्रदेश सभामा दर्ता गराएको पत्रमा प्रदेश प्रहरी गठन, समायोजन, सञ्चालन तथा भर्ना सम्बन्धी प्रकृया विगत तीन वर्ष देखि संघीय सरकारले असंवैधानिक तथा गैर कानुनी तारिकाले अवरुद्व गरिरहेकोले बाध्य भएर संकल्प प्रस्ताव पेश गरेको उल्लेख छ ।

‘संघीय सरकारको गैर कानुनी र असंबैधानिक कदम विरुद्व अन्य कुनै प्रभावकारी उपायको अभावमा सम्मानित प्रदेशसभा समक्ष बाध्य भएर संकल्प दर्ता गराई प्रदेश प्रहरी गठन तथा भर्ना प्रक्रिया अगाडि बढाउन प्रदेशसभा नियमावली २०७५ को नियम ८५.(१) बमोजिम निर्देशन गर्न पत्रमा उल्लेख गरिएको छ । संविधान विपरित संघिय सरकारले प्रहरी सम्बन्धी कुनै भर्ना प्रक्रिया अगाडी बढाए प्रदेश सरकार संघिय सरकार विरुद्ध अदालत जाने मन्त्री साहले चेतावनी समेत दिए ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  १० : १५ बजे

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक

युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

काठमाडौं- युरोपेली संघ (ईयू)ले चीनमा निर्मित दुई लाखभन्दा बढी नक्कली