संघीय सरकारलाई दबाब दिन मधेश प्रदेशमा मन्त्रीले दर्ता गराए संकल्प प्रस्ताव « Khabarhub

संघीय सरकारलाई दबाब दिन मधेश प्रदेशमा मन्त्रीले दर्ता गराए संकल्प प्रस्ताव


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशका आन्तरिक मामिला तथा संचारमन्त्री भारत साहले प्रदेश प्रहरी गठन, संचालन तथा भर्नाको माग गर्दै संघीय सरकारलाई दबाब दिन प्रदेश सभामा संकल्प प्रस्ताव दर्ता गराएका छन् ।

संघीय सरकारले प्रहरी सम्बन्धी ऐन र प्रहरी कर्मचारी समायोजन ऐन बनाइ राष्ट्रपतिद्वारा प्रमाणिकरण भइसकेको अवस्थामा बनेको प्रदेश प्रहरी ऐन कार्यान्वयमा आउन नसकेकोले संकल्प प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराइएको मन्त्री साहले बताए ।

संकल्प प्रस्ताव सचिवालयमा आइतबार नै दर्ता भए पनि सभामा समय अभावले टेबुल हुन नसकेको मन्त्री साहले बताए । मन्त्री साहले प्रदेश सभामा दर्ता गराएको पत्रमा प्रदेश प्रहरी गठन, समायोजन, सञ्चालन तथा भर्ना सम्बन्धी प्रकृया विगत तीन वर्ष देखि संघीय सरकारले असंवैधानिक तथा गैर कानुनी तारिकाले अवरुद्व गरिरहेकोले बाध्य भएर संकल्प प्रस्ताव पेश गरेको उल्लेख छ ।

‘संघीय सरकारको गैर कानुनी र असंबैधानिक कदम विरुद्व अन्य कुनै प्रभावकारी उपायको अभावमा सम्मानित प्रदेशसभा समक्ष बाध्य भएर संकल्प दर्ता गराई प्रदेश प्रहरी गठन तथा भर्ना प्रक्रिया अगाडि बढाउन प्रदेशसभा नियमावली २०७५ को नियम ८५.(१) बमोजिम निर्देशन गर्न पत्रमा उल्लेख गरिएको छ । संविधान विपरित संघिय सरकारले प्रहरी सम्बन्धी कुनै भर्ना प्रक्रिया अगाडी बढाए प्रदेश सरकार संघिय सरकार विरुद्ध अदालत जाने मन्त्री साहले चेतावनी समेत दिए ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  १० : १५ बजे

राजावादीका नाममा म्यासेज आतंक, प्रहरीले पक्राउ गर्‍यो निर्देश सेढाईंलाई

काठमाडौं– राजावादी प्रदर्शनमा सहभागी हुन भन्दै एकै पटक ५० लाख

बैंकिङ क्षेत्रको क्षेत्रगत कर्जा प्रवाह : उपभोगमा मात्रै २१.३३ प्रतिशत, व्यापार दोस्रो प्राथमिकतामा

काठमाडौं– नेपालका बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको कुल कर्जामा

सहमतिका लागि देउवासमक्ष ८ बुँदे प्रस्ताव, गगनलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारियो

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले सहमतिका लागि संस्थापनलाई ८

करारका चिकित्सकलाई महँगी एवं अन्य भत्ता उपलब्ध गराउन चिकित्सक संघको माग

काठमाडौं– नेपाल चिकित्सक सङ्घले अस्थायी तथा स्थायी करार सेवामा कार्यरत

विश्वप्रकाशको प्रस्ताव- गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर जाऊँ

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहमतिको बिन्दु खोजिएको छ ।