साढे नौ महिनामा विपद्का घटनामा ४५६ जनाको मृत्यु, ७५ जना बेपत्ता | Khabarhub Khabarhub

साढे नौ महिनामा विपद्का घटनामा ४५६ जनाको मृत्यु, ७५ जना बेपत्ता


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो साढे नौ महिनामा विपद्का घटनामा परी देशभरमा चार सय ५६ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि माघ २३ गते आइतबार बिहानसम्ममा विपद्का घटनामा मृत्यु भएकाको विवरण हो । त्यस्तै, यस अवधिमा ७५ जना बेपत्ता भएका छन् ।

विभिन्न प्रकोप तथा विपद्मा दुई अर्ब रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ ।

पछिल्लो साढे नौ महिनामा देशभर तीन हजार एक सय ५९ वटा विपद्का घटना रेकर्ड भएको प्राधिकरणले जनाएको छ । पहिरो, बाढी, भारी वर्षा, सर्पदंश, आगलागी, हावाहुरी, जनावर आक्रमण, महामारी, हिउँहुरी, हिउँपहिरो, भूकम्पलगायतका घटनाले यतिको क्षति गरेको हो ।

यसवर्षको सुरुवाती साढे नौ महिनामा पहिरोले सबैभन्दा बढी मानवीय क्षति भएको प्राधिकरणले जनाएको छ । पहिरोमा परी एक सय ८० जनाले ज्यान गुमाएका छन् । यो वर्ष तीन सय ४० वटा पहिरोका घटना रेकर्ड भएका छन् ।

त्यस्तै, एक सय ५४ वटा बाढीका घटनामा ६३ जनाले ज्यान गुमाएको प्राधिकरणको तथ्याङ्कले देखाउँछ । यो वर्ष तेस्रो ठूलो मानवीय क्षति आगलागीका घटनाबाट भएको छ । एक हजार सात सय २० वटा आगलागीका घटनामा परी ६१ जनाको मृत्यु भएको छ ।

त्यस्तै, वर्षाका कारण २२, चट्याङ्ग लागेर ५२, सर्पको टोकाइबाट २०, हावाहुरीमा परी तीन, जनावरको आक्रमणबाट ४०, महामारीका कारण चार (कोरोनाबाहेक), हिउँहुरीका कारण चार, हिउँ पहिरोमा परी दुई, लेक लागेर दुई र डुङ्गा पल्टेर तीन जनाको मृत्यु भएको छ ।

विभिन्न किसिमका विपद्का घटनामा परी यस वर्ष एक हजार ६ सय ३५ जना घाइते भएका छन् । विपद्का घटनाबाट पाँच हजार एक सय सात परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ ।

यसवर्ष सबैभन्दा ठूलो आर्थिक क्षति आगलागीका घटनाले गरेको छ । पछिल्लो साढे नौ महिनामा विपद्का घटनाबाट दुई अर्ब आठ करोड ३३ लाख ७४ हजार ६ सय २४ रुपैयाँ बराबरको आर्थिक क्षति भएको जानकारी प्राधिकरणले दिएको छ ।

यस वर्ष आगलागीका एक हजार सात सय २० वटा घटना भएका छन् । ती घटनाले एक अर्ब ७७ करोड ४७ लाख १२ लाख एक सय ७४ रुपैयाँको आर्थिक क्षति गरेको छ । आगलागीपछि ठूलो क्षति भारी वर्षाले गरेको छ । भारी वर्षाका कारण यो वर्ष १२ करोड ८४ लाख ७४ हजार एक सय २० रुपैयाँको आर्थिक क्षति भएको छ ।

प्राधिकरणको तथ्याङ्कअनुसार यो वर्ष पहिरोका कारण तीन करोड ४६ लाख ३५ हजार रुपैयाँ, बाढीका कारण ११ करोड ५३ लाख ९१ हजार पाँच सय रुपैयाँ, चट्याङ्गका कारण एक करोड ७० लाख ८१ हजार आठ सय ३० रुपैयाँ, हावाहुरीका कारण ६६ लाख ४४ हजार रुपैयाँ र जनावरको आक्रमणका कारण ५६ लाख ८६ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ११ : १८ बजे

नवलपुरमा बेवारिसे शव व्यवस्थापन गर्दै विनयजङ्ग बस्नेत

नवलपरासी – पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापन गर्दै आएका विनयजङ्ग

भोलिदेखि वर्षाको मात्रा बढ्ने

काठमाडौं – न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन

बालेन काठमाडाैंकाे जनकपुर फिस हाउसमा, भन्छन्: तावा फिस खाँदा जनकपुरको याद आयो

काठमाडाैं – काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको नक्साल गैरीधारास्थित

‘हाइब्रिड’ स्याउखेतीमा कृषकको आकर्षण बढ्दै

मुस्ताङ – मुस्ताङमा विदेशबाट आयातित उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड

एमाले बाजुराको प्रशिक्षण साउन २५ देखि, विधान संशोधनमा एकमत

धनगढी – नेकपा एमाले बाजुराले साउन २५ गतेदेखि पालिका स्तरीय