मर्मतपछि ३ सय घरधुरीलार्ई स्वच्छ पिउने पानीको व्यवस्था « Khabarhub

मर्मतपछि ३ सय घरधुरीलार्ई स्वच्छ पिउने पानीको व्यवस्था


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका १६ नं वडामा करिब ३ सय घरधुरीलाई स्वच्छ सफा पिउने पानीको व्यवस्था गरिएको छ ।

त्यहाँ सञ्चालनमा रहेको पुरानो जीर्ण खानेपानी योजनालाई मर्मत गरिएपछि स्वच्छ खानेपानी आपुर्ति हुन थालेका हुन् । खानेपानी योजना वडाको आर्थिक बर्ष २०७८-०७९ को वडागत बजेट अन्तरगत मर्मत गरिएको वडाध्यक्ष मानबहादुर राईले जानकारी दिए ।

वडाका २ लाख अनुदान बजेट र ६० हजार स्थानीयबासीको सहयोगबाट खानेपानी मर्मतले बढी भन्दा बढी घरपरिवारलाई स्वच्छ खानेपानीको सुविधा भएको वडाध्यक्ष राईले बताए । खानेपानी मर्मत सम्भारको काम वडाध्यक्ष सहित स्थानीयबासीले श्रमदान गरि मर्मत गरेका थिए ।

एक घर एक धारा, पुर्ण सरसफाइ हाम्रो अभिभारा भन्ने वडाको अभियान अन्तर्गत खानेपानी मर्मत सम्भार गरिएको खानेपानी समिति सुकौराले जनाए ।
कार्यक्रममा समितिको योजना बजेट खर्चको सार्वजनिक परिक्षण समेत भएको छ ।

गत आर्थिक बर्ष निर्माण कार्य सम्पन्न भएको २० हजार लिटर क्षमता बराबरको ट्याङ्किबाट पानी वितरण कार्य समेत भएको छ । वितरण प्रणाली मार्फत नै करिब ३ सय घरधुरिलाई स्वच्छ पिउने पानी व्यवस्था भएको समितिका अध्यक्ष बलबहादुर कटुवालले बताए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ९ : ५७ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,