दर्शकलाई ‘ब्ल्याक होल’मै पुर्‍याउने अद्भूत निर्देशक | Khabarhub Khabarhub

दर्शकलाई ‘ब्ल्याक होल’मै पुर्‍याउने अद्भूत निर्देशक



काठमाडौं। सन् २०६७। पृथ्वीमा खडेरीका कारण अन्नबाली नष्ट भइरहेका छन्। धूलैधुलोको आँधीका कारण मानिसलाई सास फेर्नसमेत हम्मेहम्मे परिसकेको छ। पृथ्वीमा गुरुत्वाकर्षण क्षमतामा पनि विसंगती देखा पर्न थालिसकेको छ र यसबारेमा वैज्ञानिक घोत्लिइरहेका हुन्छन्।

चलचित्रका मुख्य पात्र कूपर (अभिनेता म्याथ्यू म्याककोनाघी) र प्रोफेसर जन ब्रान्डले नासाको गोप्य निर्देशन र सुविधा प्राप्त गर्छन् र गुरुत्वाकर्षणसम्बन्धी विसंगती पत्ता लगाउन थाल्छन्। के पत्ता लाग्छ भने ३८ वर्ष पहिले अज्ञात प्राणीले शनी ग्रह नजिकै एक ‘वार्म होल’ तयार गरेका थिए, जसले लाखौं प्रकाश वर्ष टाढाको कुनै आकाश गंगासम्म पुग्ने मार्ग खोलेको थियो। यस्तो आकाशगंगा, जहाँ ‘गारगंटुवा’ नामक ब्ल्याक होल नजिकै मानिस बस्न मिल्ने संभावित ग्रह पनि थियो।

अब कुपरलगायत १२ जना स्वयंसेवक व्यक्तिगत रुपमा सोही जीवन्त ग्रहको खोजमा निस्कन तयार हुन्छन्। पृथ्वीका मानिसको अस्तित्व बचाउने मिसन प्रारम्भ हुन्छ। कुपरसहित अन्तरिक्ष यात्री मिलर, एडमन्डस् र प्रोफेसर ब्रान्डले यसका लागि दुईवटा योजना अघि सार्छन्।

पहिलो, अन्तरिक्षमा बस्ती अगाडि बढाउन गुरुत्वाकर्षण प्रणोदन (गुरुत्वाकर्षणमाथि विजय)को सिद्धान्त विकास गर्ने र अर्को मानिस बस्न मिल्ने ग्रह निर्माणका लागि मानिसका ५ हजार भ्रुण बोकेर लैजाने एन्डयोरेन्स अन्तरिक्ष यान प्रक्षेपण गर्ने।
कूपरलाई अन्तरिक्ष यान एन्डयोरेन्स संचालनको जिम्मा दिइन्छ।

चालक दलमा वैज्ञानिक डा. अमेलिया ब्रान्ड (प्रोफेसर ब्रान्डकी छोरी), डा. रोमिली, डा. डायल र रोबोट टार्स र केस सहभागी हुन्छन्। यात्रामा जानुअघि कुपर छोरी मर्फीलाई आफ्नो घडी दिन्छन्, ताकी उनीहरु फर्किदाको सापेक्ष समयको तुलना गर्न सकियोस्।

कुपर छोरीसँग भन्छन्, ‘यस्तै घडी मसँग पनि छ। तिम्रो र मेरो घडीले अलग ढंगले काम गर्नेछन्। हामी जहाँ जाँदैछौं, त्यहाँ समयको रफ्तार कम हुनेछ। जब म फर्किनेछु, साय तिमी मेरै उमेरकी हुनेछौ अनि मेरो उमेर त्यति नै हुनेछ, जति अहिले छ।’

अन्तरिक्ष यात्रा प्रारम्भ हुन्छ, निर्देशक क्रिश्टोफर नोलन निर्देशित चलचित्र ‘इन्टरस्टेलर’को रोमांच पनि सँगसँगै प्रारम्भ हुन्छ। शनिग्रह छिचोल्दै अन्तरिक्ष मिसनले वार्महोल पत्ता लगाउँछ। वार्म होल हुँदै उनीहरु अर्को आकाशगंगामा पुग्छन्। अन्ततः उनीहरु एउटा ब्ल्याक होल नजिक पुग्छन्, जसको आसपास मानिस बस्न लायक केही ग्रहहरु छन्। सबैभन्दा नजिक ‘मिलर’ नामक ग्रह हुन्छ। ग्रहको नाम अन्तरिक्ष यात्री मिलरको नाममा राखिएको हुन्छ, जसले कुनैबेला यो ग्रहको यात्रा गरेका थिए र फर्केका थिएनन्।

मिलर यस्तो ग्रह हुन्छ, जहाँ बिताएको एक घन्टा पृथ्वीमा बिताएको सात वर्ष बराबर हुन्छ। ब्ल्याक होलको गुरुत्वाकर्ष कति तीव्र हुन्छ भने यसको नजिक पुग्ने जुनसुकै पदार्थलाई आफूतिर आकर्षित गरिदिन्छ। ब्ल्याक होलले ब्रम्हाण्डीय पिण्ड मात्र होइन, प्रकाशलाई पनि निलिदिन्छ। तीव्र गुरुत्वाकर्षणका कारण ब्ल्याक होल नजिक समयको रफ्तार निकै कम हुन्छ। यसै कारण मिलर ग्रहमा पनि समय सुस्त छ।

विश्वमा बदलिदै गइरहेको चलचित्रको कथा, शैली र स्वादसँग अब नेपाली चलचित्रको पुरानै ढर्रा टिक्नेवाला छैन। हलिउड चलचित्रहरु मंगल ग्रहदेखि ब्ल्याक होलसम्म पुगिसक्दा नेपाली चलचित्रले पनि अब कम्तिमा चोभारको डाँडो छिचोलेर अघि बढनैपर्छ।

अन्तरिक्ष यात्री मिलर ग्रहमा जाने सल्लाह गर्छन्। तर, डा. रोमीली चाहिँ मुख्य यानमै बसेर ब्ल्याक होलको अध्ययन गर्ने इच्छा प्रकट गर्छन्। कूपर र उनका साथीहरु मुख्य यानबाट अर्को एउटा ल्याण्डीङ क्राफ्ट (सानो विमान)मार्फत मिलर ग्रहमा उत्रन्छन्। उनीहरु एउटा यस्तो भूमिमा अवतरण गर्छन् जहाँ जताततै घुँडाभन्दा माथिसम्म पानी नै पानी हुन्छ, त्यसबाहेक केही देखिदैन। उनीहरुलाई लाग्छ, यो ग्रहमा जीवन सम्भव छैन।

ग्रहमा अन्तरिक्ष यात्री मिलरको यानको अवशेष पनि भेटिन्छ। यस्तैमा अभिनेत्री एमिलिया पहाडजस्तै कुनै आकृति देखेर त्यसतर्फ जान खोज्छिन्, तर त्यो पहाड नभइ पानीको लहर हुन्छ, जसले आकाशको बादलसम्म छोइरहेको छ। बल्ल बल्ल एउटा रोबोटले एमिलियालाई त लहरको चपेटाबाट बचाउँछ, तर यसक्रममा उनीहरुका एक मित्रको मृत्यु हुन्छ।

ग्रहमा अवतरित सानो यानको इन्जिनमा पानी भरिएकाले उनीहरु मुख्य यानसम्म पुग्न पाउँदैनन्। इन्जिनको पानी सुक्न समय लाग्ने भएकाले कुपर र उनका साथीले मिलर ग्रहमा तीन घन्टाको समय बिताउँछन्। जब तीन घन्टापछि उनीहरु मुख्य यान ‘एन्डयोरेन्स’मा पुग्छन्, त्यहाँ रहेका उनका साथी डा. रोमिली बुढा भइसकेका हुन्छन्। अर्थात कुपर उनका साथीहरुले मिलर ग्रहमा बिताएको तीन घन्टामा उता मुख्य यानमा २३ वर्ष ४ महिना ८ दिन बितिसकेको हुन्छ।

यसबीचमा पृथ्वीबाट कुपर र उनका साथीहरुको थुपै्र सन्देश आएको हुन्छ। यसमध्ये कुपरका छोराको एउटा सन्देश हुन्छ– अब हजुरबुवा (कुपरका बुवा) यो संसारमा रहनु भएन। मिलर ग्रहमा बिताएको तीन घन्टामा पृथ्वीका कुपरका छोराको विवाह भइसकेको हुन्छ र उनी हजूरबुवा बनिसकेका हुन्छन्। कुपर भने उही उमेरमा हुन्छन्, जुन पृथ्वीबाट यात्रामा निस्कदा थिए। जुन उमेरमा कुपर पृथ्वीबाट निस्किएका थिए, उनकी छोरी मर्फ पनि सोही उमेरमा पुगेकी छिन्। उनी पनि अब वैज्ञानिक बनिसकेकी छन् र नासामा काम गर्छिन्।

हलिउड निर्देशक क्रिश्टोफर नोलनको पछिल्लो चलचित्र ‘टेनेट’को कुरा गरौं। यो यस्तो चलचित्र हो, जसले दर्शकलाई मानसिक उल्झनमा अल्झाइदिन्छ। हत्तपत्ति बुझ्न हम्मेहम्मे त्यस्ता चलचित्र उच्च प्राज्ञिक चिन्तन, दर्शन र खोजमा आधारित हुन्छन्, जसले नयाँ सोच, बहस र विवादसमेत खडा गरिदिन्छ।

जे होस्, अन्तरिक्षका यस्तै अनेक रोमाचंक दृश्यहरु देखाउँदै चलचित्र ‘इन्टरस्टेलर’ले अन्ततः दर्शकलाई ब्ल्याक होलभित्रै प्रवेश गराउँछ। मुख्य पात्र कुपर ब्ल्याक होलभित्रको ‘टेसरेट’मा पुग्छन्। यो यस्तो स्थान हो, जहाँ अस्तित्वका पाँचै आयाम देखिन्छ। जहाँबाट भूत, वर्तमान र भविष्यलाई एकैपटक देख्न सकिन्छ। अर्थात् भविष्यमा पृथ्वीलाई कसरी बचाइयो भन्ने पनि स्पष्टै देखिन्छ।

कुपरले सोही पाँचौ आयामबाट जानेको गुरुत्वाकर्षणको समीकरण शूत्र छोरी मर्फलाई कोडमार्फत पठाउँछन्, जसबाट पृथ्वीलाई बचाउन सकिन्छ। वैज्ञानिक भइसकेकी छोरीले कोडको भाषा बुझ्छिन् र सोही डाटामार्फत गुरुत्वाकर्षण शूत्रमा सफलता पाउँछिन्।

कुपर पाँचौ आयामबाट बाहिर निस्कन्छन्, उनलाई अन्य अन्तरिक्ष यात्रीले फेला पार्छन्। जब कुपर होसमा आउँछन्, उनी अन्तरिक्ष स्टेशमा हुन्छन्। ब्ल्याक होलभित्र पाँचौ आयाममा एक पल बिताएर कुपर स्पेश स्टेशमा आउँदा कयौं वर्ष बितिसकेको हुन्छ। स्पेश स्टेशनको नाम ‘कुपर स्टेशन’ राखिएको हुन्छ, तर उनकी छोरी मर्फ कुपरको नाममा। जब कुपरले स्पेश स्टेशनमा छोरीलाई भेटछन्, उनी निकै धेरै बुढी देखिन्छिन्। पृथ्वीमा भएको भए उनी १२५ वर्षकी हुन्थिन्।

ब्रम्हाण्डको गति, अवस्थितिबीच समयको अस्तित्वलाई निर्देशकले चलचित्र ‘इन्टरस्टेलर’मा अदभूत पाराले प्रस्तुत गरेका छन्। भविष्यमा वार्म होलमार्फत ब्ल्याक होलसमेत छिचोल्दै मानिस लाखौं प्रकाश वर्ष परका पृथ्वीजस्तै मानिस या प्राणीका अस्तित्व भएका ग्रहसम्म पुग्नसक्छ भन्ने एउटा आशा जगाउन खोजिएको छ।

चलचित्रको अन्तमा डा. एमिलिया जुन ग्रहमा पुग्छिन्, त्यहाँ उनले आफ्नो हेलमेट खोलेको देखाइएको छ। अर्थात् त्यहाँ अक्सिजन छ भन्ने प्रमाण। अनि कुपर पनि एमिलिया भएको ग्रहतर्फ लम्किन्छन्, जुन ग्रहमा अब पृथ्वीका मानिस बस्न सक्नेछन्। यसरी अन्तरिक्ष यात्रीको दुबै मिसन सफल हुन्छ।

‘टोनेट’मा समयको उलटफेर
‘इन्टरस्टेलर’ एउटा उदाहरण हो। निर्देशक क्रिश्टोफर नोलनका चलचित्र जटील भए पनि रोचक हुन्छन्, जसले गहन दार्शनिक र वैज्ञानिक बहस छेडिदिन्छन्। हलिउडमा यस्ता चलचित्र बन्न थालेपछि केही समययता नेपाली दर्शकको चलचित्र चेतमा पनि धक्का दिन थालेको छ।

नेपाली दर्शकले विश्वका जुनसुकै भाषाका चलचित्र हेर्न थालेका छन्। यूटयुब, नेटफ्लीक्सलगायत अनलाइन प्लेटफर्मका कारण विश्वका उम्दा चलचित्रको तुलोमा हिन्दी र नेपाली चलचित्रको पनि स्तर मापन हुन थालेको छ।

‘इन्सेप्सन’, ‘डंक्रिक’, ‘ब्याटम्याट’, ‘द प्रेस्टीज’लगायतका चलचित्रमा युद्ध, सपना, समय र विज्ञानका अनेक आयाममा खेलिसकेका क्रिष्टोफर नोलनले पछिल्लो चलचित्र ‘टेनेट’मा संभावित तेश्रो विश्वयुद्ध रोक्ने मिसनलाई कथा वस्तु बनाएका छन्।

छेउकै हलमा ‘ब्याटम्यान’ हेरिसकेका दर्शकले ‘लप्पन छप्पन–२’ कत्तिको मन पराउलान् ? त्यो दर्शकमा भर पर्छ। अझ हिन्दी डब्ड भर्सनमा प्रदर्शन हुने दक्षिण भारतीय र हलिउड चलचित्रसँग नेपाली चलचित्रले प्रेमकै गीत गाइरहेर कहिलेसम्म प्रतिस्पर्धा गर्न सक्लान् ? भन्ने प्रश्न छँदैछ।

विश्वमा बदलिदै गइरहेको चलचित्रको कथा, शैली र स्वादसँग अब नेपाली चलचित्रको पुरानै ढर्रा टिक्नेवाला छैन। हलिउड चलचित्रहरु मंगल ग्रहदेखि ब्ल्याक होलसम्म पुगिसक्दा नेपाली चलचित्रले पनि अब कम्तिमा चोभारको डाँडो छिचोलेर अघि बढनैपर्छ।

‘नेपाली चलचित्र राम्रो बनेनन्’ भनेर अब दर्शक गनगन गर्नेवाला पनि छैनन्। उनीहरुसँग छनौट छ। हलिउडको होस् या बलिउडको, या नेपाली चलचित्र नै किन नहोस्, पहिल्यै रेटिङ, रिभ्यू र ट्रेलर हेरेर कुन चलचित्र हेर्नु उचित हुन्छ भन्ने निर्णय गर्नसक्छन्। चुनौती त नेपाली निर्माता र निर्देशकको काँधमा छ–आफ्ना दर्शकलाई हलसम्म आकर्षित गरिरहने।

हलीउड निर्देशक क्रिश्टोफर नोलनको पछिल्लो चलचित्र ‘टेनेट’को कुरा गरौं। यो यस्तो चलचित्र हो, जसले दर्शकलाई मानसिक उल्झनमा अल्झाइदिन्छ। हत्तपत्ति बुझ्न हम्मेहम्मे त्यस्ता चलचित्र उच्च प्राज्ञिक चिन्तन, दर्शन र खोजमा आधारित हुन्छन्, जसले नयाँ सोच, बहस र विवादसमेत खडा गरिदिन्छ।

पंक्तिकारले हलिउड निर्देशक क्रिश्टोफर नोलनका हरेक नयाँ चलचित्र पहिलोपटक हेर्दा बुझ्न कठिन हुन्छ। दुई या तीन पटक हेरिसकेपछि बल्ल यस्तो हुनसक्छ भन्ने अनुमानित निष्कर्षमा पुग्न सकिन्छ, जुन वास्तवमा नहुन पनि सक्छ। विज्ञान, दर्शन र अध्यात्मकासमेत अनेक रुपकका आधारमा क्रिश्टोफरले निर्माण गर्ने चलचित्र उनीहरुका लागि नहुनसक्छ, जो जो ठान्छन् कि चलचित्रमा तीन तत्व हुनुपर्छ, ‘इन्टरटेनमेन्ट, इन्टरटेनमेन्ट र इन्टरटेनमेन्ट।’

‘इन्सेप्सन’, ‘डंक्रिक’, ‘ब्याटम्याट’, ‘द प्रेस्टीज’लगायतका चलचित्रमा युद्ध, सपना, समय र विज्ञानका अनेक आयाममा खेलिसकेका क्रिष्टोफर नोलनले पछिल्लो चलचित्र ‘टेनेट’मा संभावित तेश्रो विश्वयुद्ध रोक्ने मिसनलाई कथा वस्तु बनाएका छन्।

यो चलचित्रमा पनि एउटै पात्र भूत, वर्तमान र भविष्यसम्म पुग्नसक्छ। नायक एउटा गोप्य संगठनको खोजीमा हुन्छ, जोसँग समयलाई भविष्यबाट भूततर्फ फर्लक्कै पल्टाइदिनसक्ने प्रविधि हुन्छ। भविश्यमा रहेका मानिसहरुले ‘टर्नस्टाइल’ नामक मशिन बनाएका हुन्छन् र उनीहरुबाटै वर्तमानमा पृथ्वीमा तेश्रो विश्वयुद्धको खतरा हुन्छ। अब नायकसँग भविष्यमा पुगेर उनीहरुको षडयन्त्र विफल गर्नुपर्ने चुनौती हुन्छ। भविष्यका मानिसबाट हुने अनिष्ट रोक्ने उहापोहमै चलचित्र घुमेको छ।

भविष्यका मानिससँग यस्तो प्रविधि हुन्छ, जसले गोलीलाई उल्टो दिशातिर फर्काइदिन्छ। कुनै व्यक्तिले कसैलाई गोली हान्दैछ भने उसको सोचको ठिक विपरीत गोली आफैतिर फर्कन्छ। गोली मात्र होइन, ‘एल्गोरिदम’ प्रविधिबाट यस्ता धेरै डिभाइस भविष्यमा अस्तित्वमा रहेको त्यो संगठनले निर्माण गरेको हुन्छ, जसले समय र सोचविपरीत काम गर्छन्।

यो चलचित्रमा पनि एउटै पात्र भूत, वर्तमान र भविष्यसम्म पुग्नसक्छ। नायक एउटा गोप्य संगठनको खोजीमा हुन्छ, जोसँग समयलाई भविष्यबाट भूततर्फ फर्लक्कै पल्टाइदिनसक्ने प्रविधि हुन्छ।

यदि यो प्रविधि वर्तमानमा प्रयोगमा आएको खण्डमा पृथ्वीमा सबथोक उल्टो हुनसक्छ। पुरै पृथ्वी निष्कृय हुनसक्छ। आकाशबाट वर्षिने पानी आकाशतिरै फर्कनसक्छ। मानिसको क्रम विकास अगाडिको साटो पुनः आदिम युगतर्फ फर्किनसक्छ। यस्ता अनेक खतराबीच नायकले भविष्यका मानिसको षडयन्त्र असफल पारेको कथालाई क्रिष्टोफरले रोचक ढंगले चलचित्रमा प्रस्तुत गरेका छन्।

हलिउडमा समय यात्रामा आधारित चलचित्र निकै बनेका छन्। ‘समय यात्रा’ भौतिक विज्ञानले संभावनाका रुपमा अघि सारेको एक परिकल्पना हो। अल्बर्ट आइन्स्टाइनले यसको संभावनाको बहस छेडेका थिए। तर, धेरै वैज्ञानिक अझै पनि समय यात्रालाई असंभव मान्छन्।

हुन त ‘वार्म होल’, ‘ब्ल्याक होल’ आदि सिद्धान्तमा गहिरिदै जाँदा वैज्ञानिकले ‘समय यात्रा’को संभावना नदेखेका होइन्, तर भविष्यले मानिस वर्तमानमा या वर्तमानको मानिस भूतमा पुग्ने परिकल्पनाका कयौं जटिलता छन्। चलचित्र ‘टेनेट’मा वर्तमानको मानिस गएर भविष्यमा हुनसक्ने घटनालाई रोकेको मात्र होइन, भूतमा गएर पहिल्यै भइसकेका घटनाका कमजोरी र गल्ती सच्याइएको पनि देखाइएको छ।

यो चाहिँ एउटा विरोधाभास हो। उदाहरणका लागि वर्तमानमा बाँचिरहेको नातीले भूतमा गएर हजूरबुवालाई मार्नसक्छ कि सक्दैन ? यदि उसले हजुरबुवालाई मार्यो भने, उ स्वयंको जन्म चाहिँ कसरी भयो ? उसको बाबु कसरी जन्मियो ? अनि उसले हजुरबुवालाई मारिसकेको छ भने उ भूतमा गएर कसरी भेटनसक्छ ? यस्ता विरोधाभासको उत्तर कसैसँग छैन। ‘ग्रान्डफादर प्याराडक्स’ले यस्ता विषयमा चलचित्र बनाइरहने लेखक निर्देशकलाई समस्या पार्ने गरेको छ।

चलचित्र ‘टोनेट’मा भने एउटै पात्र भविष्य र भूतमा पुगिरहेको हुन्छ, कुन दृश्य भविष्यको हो र कुन भूतको हो भन्ने ठम्याउन दर्शकलाई हम्मेहम्मे पर्छ। अझ रोचक त, वर्तमानको पात्र नै भूतमा आफैंलाई बचाउन गइरहेको हुन्छ, अनि उसलाई सघाउन भविष्यको पात्र पनि वर्तमान र भूतमा सहभागी भइरहेको हुन्छ।

समयको छयास्मिस संयोजनमा कतै पनि तार्किक र एक हदसम्म वैज्ञानिक त्रुटी नहोस् भन्नेमा निर्देशक नोलन सजग देखिन्छन्, जसले ६ वर्ष लगाएर यो चलचित्रको पटकथा लेखेका थिए। एउटै मानिसका दुई शरीर समयको एउटै आयाममा अस्तित्वमा कसरी हुनसक्छ ? भन्ने प्रश्नले दर्शकको मथिंगल खलबल्याउँछ।

समयको उलटफेरमा मानिसको शरीरको तालमेल जटिल प्रश्न हो। अस्तित्वमा भूत, वर्तमान र भविष्य समयका भिन्नाभिन्नै आयाम भए पनि यी एकबाट अर्कोमा जोडिएरै विकसित भएका हुन्। विज्ञानसम्मत तर्क अनुसार भूत मृत हो, जुन अब अस्तित्वमा छैन। वर्तमान जीवन्त हो र भविष्य अनिश्चिित हो।

चलचित्रमा देखाइएका दृश्यले भौतिक विज्ञानसँग संगती त राख्दैनन्, तर दार्शनिक रुपमा यस्तो पनि हुनसक्छ भनेर संभावना देख्न सकिन्छ। चलचित्रले भूतमा भएका घटना बदल्न सकिदैन। तर, भविष्यमा हुनसक्ने सम्भावित घटनालाई चाहिँ रोक्न सकिन्छ भन्ने देखाएको छ।

कोही पनि भूत अवस्थामा पुग्ने हो भने यो मान्यतामा विश्वास गर्नुपर्ने हुन्छ कि जुन भूत बितिसकेको छ, त्यो मृत छैन, भूतको आयाममा जीवितै छ। अनि जुन भविष्य छ, त्यो पनि भविष्यको आयाममा जीवितै छ। यसो भएको खण्डमा मात्र समयलाई पल्टाएर हामी भविष्य या भूतमा जानसक्छौं, जुन अझै पनि कायमै छ। अर्थात् आफैले दाग बत्ती दिएर दाहसंस्कार गरिएका हजुरबुवा भूतको आयाममा अझै पनि जीवीतै छन् भन्ने मान्नुपर्ने हुन्छ, जुन विज्ञानसम्मत होइन। तैपनि चलचित्रमा यो संभव छ, जसले रोमांचकता सिर्जना गर्छ।

एउटै समयमा हुने विभिन्न आयामको यात्रालाई चलचित्रको क्लाइमेक्समा रोचक ढंगले प्रस्तुत गरिएको छ। सोतर नामक भविष्यको खलनायकको अखडामा आक्रमण गर्ने सैनिक मिसनलाई समयको दुई आयाममा परिचालन गरिन्छ। जस अनुसार सैनिकको एउटा टुकडीलाई समयभन्दा अगाडि पठाइन्छ,अर्को टुकडी समयभन्दा पछि परिचालित गरिन्छ। अर्थात् एउटै समयमा कोही भविष्यतर्फ अग्रसर हुन्छन्, कोही भविष्यभन्दा वरै, जुन एउटै घटनामा समेटिएका हुन्छन्। एउटै घटनामा समयलाई उलटफेर पारेर पात्रलाई सक्रिय गराइएकाले दर्शक उल्झनमा पर्छन्।

चलचित्रमा देखाइएका दृश्यले भौतिक विज्ञानसँग संगती त राख्दैनन्, तर दार्शनिक रुपमा यस्तो पनि हुनसक्छ भनेर संभावना देख्न चाहिँ सकिन्छ। चलचित्रले भूतमा भएका घटना बदल्न सकिदैन, तर भविष्यमा हुनसक्ने सम्भावित घटनालाई चाहिँ रोक्न सकिन्छ भन्ने देखाएको छ। अर्थात् भविष्यमा हुनसक्ने घटनाका दृश्य पहिल्यै ठम्याउन सकियो भने भविष्यका खलनायकलाई तह लगाउन भविष्यकै नायकलाई समेत वर्तमानमा ल्याएर मिसन चलाउँदै सम्भावित अनिष्ट रोक्न सकिन्छ भन्ने नयाँ सिद्धान्त चलचित्रले बहसमा ल्याएको छ, जुन वैज्ञानिक नभए पनि दार्शनिक र काल्पनिक बहसको विषय हुनसक्छ। ‘टाइम इन्भर्जन’को अवधारणा वास्तवमै रोचक ढंगले प्रस्तुत गरिएको छ।

परमाणु बम परीक्षणमाथि चलचित्र
‘टोनेट’पछि निर्देशक नोलन जूलियस रोबर्ट ओपनहाइमरका बारेमा चलचित्र बनाउँदै छन्, जसले सन् १९४५ जुलाई १६ मा विश्वमा पहिलो पटक परमाणु बमको सफल परीक्षण गरेका थिए। अमेरिकी वैज्ञानिकको एउटा समूहले गोप्य रुपमा मेक्सीको मासो परीक्षण गरेको थियो, जसलाई ‘म्यानहटन प्रोजेक्ट’ नाम दिइएको थियो।

ओपनहाइमर एक अमेरिकी सैद्धान्तिक भौतिकशास्त्री थिए, जोसँग अमेरिकी सरकारले सन् १९४२ मा परमाणु परीक्षणबारे सम्झौता गरेको थियो। आफ्नो ‘सिक्रेट प्रोजेक्ट’मार्फत अमेरिका अटोम्याटिक बमको विकास गर्न चाहन्थ्यो। अमेरिकाको योजना थियो, दोश्रो विश्वयुद्धमा आफ्नो अवस्था डगमगाएको खण्डमा अन्तमा एउटा यस्तो अस्त्र उपयोग गर्न पाइयोस्, जसले जापान र जर्मनीलाई परास्त गर्न सकियोस्।
यो प्रोजेक्ट अन्तर्गत अमेरिकाले विभिन्न राज्यमा गोप्य ल्याब बनायो। यिनैमध्ये एक ल्याब थियो, मेक्सीकोको ‘लास अलमास ल्यार्बोटरी’। यसको सम्पूर्ण जिम्मेवारी ओपनहाइमरलाई सुम्पिएको थियो। ओपनहाइमरले भौतिक विज्ञानका उन्नत दिमागका खोजलाई एक ठाउँमा एकत्रित गरे र अटोम्याटिक बम विकास गर्ने काम अघि बढाए। अन्ततः लास अलमास ल्याबले यस काममा सफलता हासिल गर्यो। यही कारण ओपनहाइमरलाई ‘फादर अफ द एटमिक बम’को संज्ञा दिइन्छ।

सन् १९४५ जुलाई १६। दोश्रो विश्वयुद्ध समाप्त भइसकेको थिएन। एलाइड फोर्सले यूरोपमा आफ्नो विजय घोषणा गरे पनि जापानले अझै आत्मसमर्पण गरिसकेको थिएन। ‘पर्ल हार्बर’मा जापानले अमेरिकीमाथि मच्चाएको भयानक नरसंहार अमेरिकाका लागि आलै थियो।

ओपनहाइमरले परमाणु बमको सफल प्रयोग गरेको एक महिना नबित्दै सोही साल अगस्ट ६ मा अमेरिकाले जापानको हिरोसीमा सहरमा परमाणु बम खसाल्यो, जसले सहर ९० प्रतिशत ध्वस्त भयो। ८० हजारभन्दा बढी मानिस तत्काल मरे। त्यसको तीन दिनपछि जापानको अर्को सहर नागासाकीमा पनि परमाणु बम खसाइयो, जसमा ४० हजार मानिस मरे। अन्ततः जापानले अमेरिका सामु आत्मसमर्पण गर्यो, दोश्रो विश्वयुद्ध समाप्त भयो।

जापानमा भएको भयावह त्रासदीको खबर ‘म्यानहटन प्रोजेक्ट’का वैज्ञानिकसम्म पुग्यो, उनीहरु आफैंले आफैसँग प्रश्न गर्न थाले, ‘हामीले कस्तो राक्षसलाई जन्माएछौं।’ यही प्रश्न बोकेर ओपनहाइमर अमेरिकाका तात्कालीन राष्ट्रपति हयारी एस ट्रमनसमक्ष पुगे। उनी चाहन्थे, परमाणु हतियारलाई अन्र्तर्राष्ट्रिय नियन्त्रण अन्तर्गत राखियोस्।

अस्ट्रेलियन लेखक र इतिहासकार पल हयामले आफ्नो पुस्तक ‘हिरोसीमा नागासाकी : द रियल स्टोरी अफ द अटोम्याटिक बम्बींग्स एन्ड देयर आफ्टरम्याथ’मा उल्लेख गरे अनुसार अमेरीकी राष्ट्रपतिले ओपनहाइमरको आग्रह मानेनन्। ओपनहाइमरलाई भविष्यमा हुनसक्ने संभावित अनिष्टको डरले सताइरहेको थियो, जब तेश्रो विश्वयुद्ध परमाणु हतियारबाट हुनेछ र त्यसले पृथ्वीमा बिनास निम्त्याउनेछ। उनले बारम्बार परमाणु बमको निर्माण र विस्तारको विरोध गरिरहे, तर उनलाई ‘रुसी जासुस’को उपमा दिएर आजीवन हतोत्साहित गरिएको कतिपयको दाबी छ।

ओपनहाइमरलाई भविष्यमा हुनसक्ने संभावित अनिष्टको डरले सताइरहेको थियो, जब तेश्रो विश्वयुद्ध परमाणु हतियारबाट हुनेछ र त्यसले पृथ्वीमा बिनास निम्त्याउनेछ। उनले बारम्बार परमाणु बमको निर्माण र विस्तारको विरोध गरिरहे, तर उनलाई ‘रुसी जासुस’को उपमा दिएर आजीवन हतोत्साहित गरिएको कतिपयको दाबी छ।

के ओपनहाइमर सैतान थिए, जसले परमाणु बमजस्तो विनाशकारी राक्षसलाई जन्म दिए ? या उनी मानिस थिए, जसलाई बोध भइसकेको थियो कि परमाणु बमले आगामी दिनमा पृथ्वीमा कस्तो संकट ल्याउनसक्छ भनेर ? यही प्रश्नमा केन्द्रित रहेर निर्देशक क्रिश्टोफर नोलन चलचित्र बनाउँदैछन्।

नोलनले बताए अनुसार यो चलचित्र ओपनहाइमरको ‘म्यानहटन प्रोजेक्ट’कै दिनहरुबाट सुरु हुनेछ। ओपनहाइमरले कसरी परमाणु बम बनाए ? आदि रहष्य खोल्दै निर्देशक आफैले चलचित्रको स्क्रीनप्ले लेखेका छन्। सन् २०२२ भरीमा निर्माण हुने यो चलचित्रको मुख्य भूमिकाका लागि नोलनले अभिनेता किलियन मर्फीलाई अनुबन्धित गर्दैछन्। आगामी वर्ष २०२३ को प्रारम्भसम्म प्रदर्शनमा आउने नोलनको यो चलचित्रप्रति अहिलेदेखि नै दर्शकमा कौतुहलता छ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ११ : ४५ बजे

भारतीय पूर्वप्रधानमन्त्री सिंह निधनमा सात दिन राजकीय शोक घोषणा

नयाँदिल्ली– सन् १९९० को दशकको सुरुमा देशको आर्थिक उदारीकरणका वास्तुकारमध्ये

दुग्ध क्षेत्रको विकास गर्न हेफर र कृषि मन्त्रालयबीच समझदारी 

काठमाडौं –दुग्ध क्षेत्रको विकासका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय

नौ रुपैयाँको नुन किन्न पच्चिस सय खर्च

सिमकोट – सर्केगाड गाउँपालिका–१ तुम्च गाउँका नागरिकलाई अनुदानको नुन किन्नका

घोराहीमा चिकित्सा शिक्षा र इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति

देउखुरी – दाङको घोराही उपमहानगरपालिकाले चिकित्सा शिक्षा र इन्जिनियरिङ पढ्ने

जग्गा लिलाम गरेको भन्दै सिद्धार्थ बैंकविरुद्ध प्रदर्शन

जनकपुरधाम -व्यवसायीको जग्गा छल गरी लिलाम गरेको आरोप लगाउँदै स्थानीय