क्वाडको बैठकमा चीनलाई चेतावनी « Khabarhub

क्वाडको बैठकमा चीनलाई चेतावनी


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हालै अमेरिका भारत जापान र अष्ट्रेलिया गरी हिन्द प्रशान्त क्षेत्रका चार मुलुकहरु सम्मिलित ‘क्वाडलाटरल सेक्युरिटी डाइलग’ क्वाडको भर्चुअल बैठक बस्यो । जारी युक्रेनी सङ्कटबारे छलफल गर्न बसेको बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघीय वडापत्र, अन्तर्राष्ट्रिय कानून र सार्वभौमिकता र भौगोलिक अखण्डताको महत्वमा जोड दिए ।

‘युक्रेनमा जारी रुसी आक्रमण र हिन्द प्रशान्तसहित विश्वभर सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति हाम्रो प्रतिबद्धताबारे मैले क्वाडका नेताहरु अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, जापानी प्रधानमन्त्री किसिडा फुमियोसँग भेट गरेँ ।’ अमेरिकी राष्ट्रपति जो बाइडनले बैठकलगत्तै ट्वीट गरे ।
क्वाडका नेताहरूले उक्त बैठकमा युक्रेनमा जे भइरहेको छ त्यसलाई हिन्द प्रशान्त क्षेत्रमा दोहोर्‍याउन नदिने सहमति गरेको जापानी प्रधानमन्त्रीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

बैठकपछि जारी संयुक्त वक्तव्यमा सबै राष्ट्रहरुको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मानका साथ कुनै किसिमको सैनिक आर्थिक र राजनीतिक हस्तक्षेपबाट मुक्त खुला र स्वतन्त्र हिन्द प्रशान्त क्षेत्रप्रति प्रतिबद्धता जाहेर गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यसलाई नाम उल्लेख नगरी चीनविरुद्ध क्वाडले दिएको चेतावनीका रुपमा विश्लेषण गरेका छन् ।

भारतीय प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा यस बैठकका क्रममा यसअघि सन् २०२१ को सेप्टेम्बरमा भएको शिखर सम्मेलनयता भएका प्रगतिबारे छलफल भएको जनाइएकोछ  ।

प्रधानमन्त्री मोदीले क्वाडले हिन्द प्रशान्त क्षेत्रमा शान्ति, स्थिरतासमृद्धिको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
 

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ४ : ५१ बजे

सन्तान नजन्माएको भन्दै शिक्षकले नै श्रीमतीलाई बारम्बार यातना दिएपछि…

काठमाडौं- बिहे गरेको पाँच वर्षसम्म पनि सन्तान नभएको भन्दै परिवारले

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति

देशका अधिकांश क्षेत्रमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा

बालेन सरकारले दलीय ट्रेड युनियन खारेज गरे कसो गर्लान् शिक्षक-कर्मचारी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वाचापत्रअनुसार केही दिनमा बन्ने बालेन्द्र

साताको कार्टुन : भ्रष्टलाई हान्ने र भनेको मान्नेलाई छान्ने

काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भारी बहुमत ल्याएको