अभिनयमा नम्रताको लगाव (फोटोसुट) « Khabarhub

अभिनयमा नम्रताको लगाव (फोटोसुट)


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय नेपाली मनोरञ्जन क्षेत्रमा आफ्नो भविष्य देख्ने युवायुवतीको कमी छैन । केही समय अगाडिसम्म यस क्षेत्रमा कसरी भित्रने भन्ने सोचाइमा रहने नयाँ पुस्ताले यस डिजिटल युगमा आफ्नो प्लेटफर्म क्रिएट गर्नसक्ने ढोका खुलेको छ।

रंग क्षेत्रले दिने पहिचान र यसलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएपछि यसैमा आफ्नो भविष्य देख्नेमा पर्छिन् नम्रता अर्याल। कपिलवस्तुकी नम्रताले सामाजिक सेवामा ग्राजुएसनसमेत गरिसकेकी छन्। यद्यपि उनले आफ्नो भविष्य अभिनयमा देख्ने गरेकी छिन् ।

५ फिट ३ इन्च अग्ली नम्रता पाँच वर्ष अगाडिदेखि अभिनयको यात्रा सुरु गरेकी हुन् । सानै देखिको लगावका कारण अभिनयमा आफूलाई देख्ने गरेकी नम्रताले सन् २०१७ मा शिल्पी थियटरमा भर्ना भएकी थिइन् । उनले त्यहाँ मन्चन भएका केही नाटकहरू मात्र नभई विभिन्न सचेतना मूलक सडक नाटकमा समेत अभिनय गरेकी छिन् । नम्रताको पुस्ता यो समयमा प्राय म्युजिक भिडियो मार्फत उदाउने गर्छन् ।

म्युजिक भिडियोमा अभिनय भन्दामा पनि आकर्षणले स्थान पाउने गरेको छ । यद्यपि नम्रता आफ्नो सुन्दरतामा अभिनयको सुगन्ध थपियो भन्ने सोचका साथ थियटरमा कला प्रदर्शन गर्दै म्युजिक भिडियोमा उदाएकी छन्। केही म्युजिक भिडियोमा अभिनय गरेकी नम्रताले टिभी सिरियल, टेलिभिजन विज्ञापन लगायतमा समेत काम गरिसकेकी छिन् ।

एकपछि अर्को खुड्किलो पार गर्दै आफ्नो सपना पछ्याई रहेकी नम्रता आउँदा दिनमा आफ्नो सुन्दरतासँगै अभिनय क्षमताले पनि दर्शकको मनमा स्थान बनाउनेमा विश्वस्त छिन् । यिनै नम्रताले कुसुम द बुटिकको पहिरनमा सजिएर खबरहबका लागि फोटोसुट गराएकी छन्।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ९ : ३५ बजे

राजेश हमालले भनेः राजनीतिक स्थिरताका लागि सचेत भएर भोट दिनुहोस्

काठमाडौं – नेपाली चलचित्रका महानायक राजेश हमालले सबै नेपालीलाई सुजबुज

शान्तिपूर्ण रूपमा निर्वाचन हुनेमा विश्वस्त छु : प्रचण्ड

चितवन – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य

काठमाडौं – टी–२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई

विशाखापट्टनमबाट फर्किंदै गरेको इरानी युद्धपोतमाथि अमेरिकी हमला, ८० नौसैनिकको मृत्यु

काठमाडौं – अमेरिका–इजरायल र इरानबीच जारी युद्धको आज पाँचौं दिनमा

मौन अवधिमा नगदसहित पक्राउ परेका जसपा उम्मेदवार यादव छुटे

सिरहा – प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएलगत्तै नगदसहित पक्राउ