आज २०७८ साल चैत २३ गते बुधबारको राशिफल « Khabarhub

आज २०७८ साल चैत २३ गते बुधबारको राशिफल


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ साल २३ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ? यस्तो छ आजको फलादेश:

 चैत २३ गते बुधबार

मेष : आयआर्जन बढ्नेछ। व्यापार व्यवसायमा उन्नति हुनेछ। आफ्ना कारणले साथीभाइ टाढा हुने सम्भावना छ। जग्गाजमिन सम्बन्धी लेनदेनमा अगाडी बढ्दा राम्रो छ। दाम्पत्य जीवन सामान्य छ।

वृष : दिन सामान्य छ। शिक्षामा गरेको श्रमलगानीबाट फाइदा हुनेछ। प्रेममा सफलता मिल्नेछ।

मिथुन : झुठा आरोप लाग्नसक्छ। आफूले गरेको काममा भने सन्तोष मिल्नेछ। काम गर्दा विवेक पुर्याउनुपर्ने देखिन्छ।

कर्कट : नसोचेको सम्पत्ति आम्दानी हुनेछ। शत्रु पराजित हुनेछन्। पुरानो रोगबाट मुक्ति मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ।

सिंह : रोगबाट मुक्ति मिल्नेछ। साथीभाइबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। राजनीतिमा संगठन बलियो बन्नेछ।

कन्या : रोगको प्रकोप बढ्नेछ। खर्च पनि धेरै हुनेछ। प्रतिस्पर्धी सक्रिय छन्। अरु क्षेत्र सामान्य रहेपनि दाम्पत्य जीवन धेरै राम्रो छ।

तुला : समस्यामा परिनेछ। शिक्षाको क्षेत्रमा मानसम्मान बढ्नेछ। प्रेममा सफलता मिल्नेछ।

वृश्चिक : सहयोग गर्नेहरु बढ्नेछन्। खुसी मिल्नेछ। इष्टमित्रसँगको सम्बन्ध सुधार हुनेछ। धार्मिक क्षेत्रमा मन जानेछ।

धनु : खर्च बढ्नेछ। दाम्पत्य जीवन सुमधुर हुनेछ। व्यापार व्यावसायमा ठूलो लगानी नगर्नुहोला।

मकर : दिन राम्रो छ। रोकिएका कामहरु बन्नेछन्। साथीभाइको सहयोग मिल्नेछ। दाम्पत्य जीवन सफल रहनेछ।

कुम्भ : बोलीमा मिठास बढ्नेछ। मातापिताको सम्झना गर्दा काममा सफलता मिल्नेछ। बन्धुबाट सहयोग मिल्नेछ।

मीन : काममा फाइदा मिल्नेछ। आर्थिक लाभ मिल्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ५ : ११ बजे

बागमती प्रदेशसभा बैठक अनिश्चित

मकवानपुर– बागमती प्रदेशसभाको रिक्त सभामुख पदमा सत्तारुढ नेपाली कांग्रेस र

एकैदिन तोलामा १७ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आजको

एमाले महाधिवेशनमा भोट माग्दै गायिका ज्योति मगर (तस्बिरहरू)

काठमाडौं- नेकपा एमालेको ११औं महाधिवेशनको निर्वाचन कार्यक्रमअनुसार मंगलबार दिउँसो ४

पुँजीगत खर्चमा सरकार सुस्त, पाँच महिनामा लक्ष्यको ८.३ प्रतिशत मात्रै प्रगति

काठमाडौं – नेपाल सरकारको महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको पछिल्लो

बहुविवाह मुद्दा – पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं– बहुविवाह मुद्दामा दोषी ठहर भएका नेकपा (एमाले) का नेता