विश्व इतिहासमा आज : रुवाण्डामा जातीय नरसंहारदेखि पहिलो आधुनिक ओलम्पिक खेल   « Khabarhub

विश्व इतिहासमा आज : रुवाण्डामा जातीय नरसंहारदेखि पहिलो आधुनिक ओलम्पिक खेल  


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज ६ अप्रिल २०२२ । सदा झैँ विश्व इतिहासमा अप्रिल ६ तारिखका दिन पनि केही महत्वपूर्ण घटनाक्रमहरू विकसित भएका थिए । यसै दिन आधुनिक ओलम्पिक खेल सुरु भएको थियो भने पहिलो व्यावसायिक सञ्चार स्याटलाइट सुरु भएको थियो ।

प्रस्तुत छ इतिहासमा भएका केही महत्वपूर्ण घटनाक्रम : 

रुवान्डामा जातीय नरसंहार
सन् १९९४ मा रुवाण्डामा नरसंहार सुरु भएको थियो । रुवान्डाका तत्कालीन राष्ट्रपति जुभेनल हब्यारिमाना र बुरुन्डीका राष्ट्रपति साइप्रियन न्तारियामिराको हत्याले जातीय टुटसिसहरूको सामूहिक नरसंहारलाई उत्प्रेरित गरेको थियो । नरसंहारमा लाखौँ पीडित बनेका थिए ।

पहिलो व्यावसायिक सञ्चार स्याटलाइट
सन् १९६५ मा पहिलो व्यावसायिक सञ्चार स्याटलाइट सुरु भएको थियो ।  अर्ली बर्डसमेत भनेर चिनिने जेमिनी प्रशान्त महासागरमा अवतरण गर्दा स्पेसक्राफ्ट स्प्लासडाउनको पहिलो प्रत्यक्ष टिभी प्रसारणलाई सहज बनाएको थियो ।

पहिलो सामूहिक विश्व उडान
सन् १९२४ मा विमान चालकहरूको एउटा समूहले पहिलो पटक सामूहिक विश्व उडान सुरु गरेको थियो । चार वटा विमान सिएटलबाट पश्चिमतर्फको मार्गमा छुटेका थिए । तिनीहरूमध्ये दुइ वटा १५७ दिन पछि एउटै स्थानमा पुगेका थिए ।

पहिलो पटक उत्तरी ध्रुवमा पुगेको दाबी गर्ने व्यक्ति

सन् १९०९ मा रोबर्ट पेरीले आफू उत्तरी ध्रुवमा पुग्ने पहिलो व्यक्ति भएको दाबी गरेका थिए । तर, पेरीको दाबी अहिलेसम्म पुष्टि हुन सकेको छैन । उत्तरी ध्रुवको पहिलो निर्विवाद यात्रा १९४८ सोभियत सेभर–२ अभियान थियो ।

पहिलो आधुनिक ओलम्पिक खेल
सन् १८९६ को ६ अप्रिलमा एथेन्समा पहिलो आधुनिक ओलम्पिक खेल  सुरु भएको थियो । पहिलो ओलम्पियाडमा १४ देशका २४१ खेलाडीले भाग लिएका थिए । दक्षिण–पश्चिम ग्रीसको ओलम्पियामा सुरु भएको अन्तिम पुरातन ओलम्पिक खेल भएको १५ सय वर्षपछि यो खेल भएको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ८ : ११ बजे

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका

अर्थमन्त्री, गृहमन्त्री र पर्यटनमन्त्रीले एयरपोर्ट पुगेर गरे प्रधानमन्त्रीको स्वागत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको