अछाममा महिला मतदाताको संख्या साढे ४ हजारले बढी  « Khabarhub

अछाममा महिला मतदाताको संख्या साढे ४ हजारले बढी 


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम – जिल्ला निर्वाचन कार्यालय अछामले आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा भाग लिन पाउने मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । अछाममा कूल मतदाताको संख्या एक लाख ५६ हजार २८० छ । जिल्ला निर्वाचन कार्यालय अछामका अनुसार पुरुषको भन्दा महिला मतदाता सख्या चार हजार ५८४ बढी छ । जिल्ला निर्वाचन कार्यालय अछामका अनुसार पुरुष मतदाता ७५ हजार ८३७ छ भने महिला मतदाता ८० हजार ४४१ छन् । जिल्लाको रामारोशन, कमलवजार र ढकारी गाउँपालिकाबाहेक अन्य सातवटा पालिकामा पुरुष मतदाताभन्दा महिला मतदाताको संख्या बढी छ ।

साँफेबगर नगरपालिकामा पुरुष मतदाताभन्दा महिला मतदाता ९२९ बढी छन्। साँफेबगर नगरपालिकामा १० हजार ४६७ पुरुष र ११ हजार ३९६ महिला गरी २१ हजार ८६४ मतदाता छन् । सबैभन्दा कम मतदाता रहेको बान्नीगढी जयगढ गाउँपालिकामा पुरुषको भन्दा महिला मतदाता ४७० ले बढी छ । बान्नीगढी जयगढ गाउँपालिकामा पाँच हजार ६३६ पुरुष र ६ हजार १०६ महिला गरी ११ हजार ७४२ मतदाता छन्।

यस्तै मंगलसैन नगरपालिकाकामा पुरुष मतदाताभन्दा महिला मतदाता संख्या ८८७ बढी छन् । मंगलसैनमा नाै हजार ४४५ पुरुष र १० हजार ३३२ महिला, अन्य एक गरी १९ हजार ८७८ मतदाता छन् । पञ्चदेवल बिनायक नगरपालिकामा पुरुषभन्दा महिला मतदाता ७७१ बढी छन्  ।  पञ्चदेवल बिनायकमा सात हजार ८२७ पुरुष र आठ हजार ६१८ महिला गरी १६ हजार ४४५ मतदाता छन् ।

यस्तै तुर्माखाँद गाउँपालिकामा पुरुषभन्दा महिला मतदाता १२७ ले बढी छन् । तुर्माखाँदमा सात हजार ६९२ पुरुष र सात हजार ८१९ महिला गरी १५ हजार ५११ मतदाता छन् । मेल्लेख गाउँपालिकामा पुरुष मतदाताभन्दा महिला मतदाताको संखया ५३१ बढी छ । मेल्लेखमा सात हजार ४१५ पुरुष र सात हजार ९४६ महिला, गरी १५ हजार ३६१ मतदाता छन् । चौरपाटी गाउँपालिकाकामा पुरुषभन्दा महिला मतदाता एक हजार २३७ बढी छन् । चौरपाटीमा ६ हजार ७५४ पुरुष र ७ हजार ९९० महिला गरी १४ हजार ७४४ मतदाता रहेका छन् ।

रामारोशन गाउँपालिकामा भने महिला मतदाताभन्दा पुरुष मतदाता ९२ बढी छन् । रामारोशनमा सात हजार २५५ पुरुष र सात हजार १६३ महिला गरी १४ हजार ४१८ मतदाता छन् । यस्तै कमलवजार नगरपालिकामा पनि महिला मतदाताभन्दा १४९ बढी पुरुष मतदाता छन् । कमलवजारमा सात  हजार ४६ पुरुष र ६ हजार ८९७ महिला गरी १३ हजार ९४३ मतदाता छन् । ढकारी गाउँपालिका २६ जनाले मात्र महिलाभन्दा पुरुष मतदाता बढी छन् । ढकारीमा ६ हजार २०० पुरुष र ६ हजार १७४ महिला गरी १२ हजार ३७४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय अछामले जानकारी दिएको छ ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  १२ : ४० बजे

एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने 

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन

आँखा उपचार केन्द्रलाई दुई करोड बढीको उपकरण हस्तान्तरण

सर्लाही– आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

सालका रूखमा महामारी, ‘मथ’ पुतलीले पात सखाप

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका

१० वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले