सिरहाको नरहामा एनएमबि बैंकको विस्तारित काउण्टर स्थापना « Khabarhub

सिरहाको नरहामा एनएमबि बैंकको विस्तारित काउण्टर स्थापना


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एनएमबि बैंकले किसान तथा सर्वसाधारण सेवाग्राहीलाई सहजताका लागि सिरहा नरहास्थित हिमालयसुगर मिल्स परिसरमा ११ औँ विस्तारित काउण्टरको शुभारम्भ गरेको छ ।

हिमालयसुगर मिल्सको तर्फबाट महा–प्रबन्धक अवधकिशोर यादव र एसएन कुशवाहा, एनएमबि बैंकका मधेश प्रदेश प्रमुख कमल पोखरेलका साथै एरिया म्यानेजरहरू मिथिलेसकुमार झा, कमलेशप्रसाद यादव, अपरेशन म्यानेजर राजकुमार विश्वकर्मा, गोलबजार शाखाका प्रबंधक सरोज यादव, कर्मचारी संजीव झालगायतको उपस्थितिमा भएको कार्यक्रममा काउण्टरको उद्घाटन भएको हो ।

उक्त काउन्टरको स्थापनापूर्व नै बैंकले कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राख्दै गोलबजार शाखाबाट हालसम्म ४७ जना उखु किसानलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराइसकेको छ ।

बैंकले उखु किसानलाई सहज रूपमा कर्जा प्रवाह गर्ने उद्देश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससँग सम्झौता पनि गरिसकेको छ ।

एनएमबि बैंकले यसलगायत हाल देशभरि ११ एक्सटेन्सन काउन्टर, २०१ शाखा र १३९ एटीएममार्फत सेवा प्रदान गर्दै आइरहेको छ

 

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ४ : २४ बजे

इरानमाथि अमेरिकी आक्रमण तीव्र, नौसैनिक नाकाबन्दी पुनः लागू

तेहरान- अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन

उचित मूल्य नपाएको भन्दै गोलभेँडा सडकमा फालेर माइतीघरमा किसानको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा टमाटर सडकमा फालेर

लगातार १८औँ विश्वकप कभर गरिरहेका ९१ वर्षीय अर्जेन्टिनी पत्रकार : जसले पेले, म्याराडोना र मेस्सी देखे

ब्युनसआयर्स- अर्जेन्टिनी पत्रकार एनरिके माकाया मार्केज अहिले ९१ वर्षका भए

करार कर्मचारी हटाउने तयारीविरुद्ध आजपनि सिंहदरबारमा धर्ना (तस्बिरहरू)

काठमाडौं– सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाई आउटसोर्सिङमार्फत कर्मचारी भर्ना

नेपालको पुँजी बजार विकास मार्गचित्र : सन् २०३६ सम्म दक्षिण एशियाकै अग्रणी बजार बनाउने महत्वकांक्षी लक्ष्य

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपालको पूँजी बजारलाई विश्वसनीय, पारदर्शी र