नेपालद्वारा जिम्बाब्वेसमक्ष १३७ रनको लक्ष्य प्रस्तुत « Khabarhub

नेपालद्वारा जिम्बाब्वेसमक्ष १३७ रनको लक्ष्य प्रस्तुत


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले जिम्बाब्वे ‘ए’ टोलीलाई १ सय ३७ रनको लक्ष्य दिएको छ । 

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल ३१ ओभर ३ बलमा सबै विकेट गुमाउँदै केबल १ सय ३६ रन बनाउन सक्यो ।

नेपालका लागि सोमपाल कामीले ३० र करन केसीले २५ रन जोडे । नेपाललाई सस्तैमा समेट्न जिम्बाब्वे ‘ए’ का ब्राड इभान्सले ४ र ब्राण्डन मभुटाले २ विकेट लिए ।

यसअघि दुई देशबीच सम्पन्न भएको टी–ट्वान्टी क्रिकेट सिरिज भने १–१ को बराबरीमा सकिएको थियो । एक टी–ट्वान्टी खेल भने वर्षाका कारण रद्द भएको थियो ।

अमेरिकामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरुप नेपालले जिम्बावे ए टोलीसँग सिरिज खेलिरहेको हो ।

 

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  १२ : १७ बजे

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर