तेश्रो दिन पनि मारिउपोलबाट सर्वसाधारणलाई बाहिर निकालिँदै « Khabarhub

तेश्रो दिन पनि मारिउपोलबाट सर्वसाधारणलाई बाहिर निकालिँदै


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी आक्रमणको चपेटामा परेको युक्रेनको मारिउपोल शहरबाट सर्वसाधारणलाई सुरक्षित स्थानमा लैजाने कार्य तेश्रो दिन पनि जारी रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले शहरबाट सर्वसाधारणको उद्धार गर्ने कार्य तेश्रो दिन पनि जारी रहेको जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ ।

गुटरेजले ‘मानिसहरुलाई नर्कबाट निकाल्न’ हरसम्भव प्रयास हुनुपर्नेमा समेत जोड दिएका छन् । मारिउपोल शहरमा युक्रेनी फौजको नियन्त्रणमा रहेको एजोभस्तल औद्योगिक क्षेत्रमा अझै पनि २ सय जनाजति सर्वसाधारण फसिरहेको बताइएको छ ।

तीमध्ये २० जना बालबालिका रहेको र उनीहरु फसेको स्थानमा खानेकुरा र पानीको चरम अभाव रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सर्वसाधारणको उद्धार कार्य जारी रहेपनि शहरमा लडाइ भने जारी रहेको बीबीसीले जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नियमित सन्देशमा रुसी फौजले औद्योगिक क्षेत्रमा गोलाबारी र नियन्त्रण जमाउने प्रयासलाई निरन्तरता दिएको जनाएका छन् ।

यता रुसले भने एजोभस्तल क्षेत्रमा आफ्ना फौजले आक्रमण नगरेको बताउँदै आएको छ । रुसले बिहीबारबाट सो क्षेत्रमा मानवीय करिडोर खोल्नका लागि एकतर्फी युद्धविराम पनि घोषणा गरेको जनाइएको छ ।

यता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने मारिउपोलमा सर्वसाधारणलाई सुरक्षित मार्ग दिन आफूहरु तयार रहेको बताएका छन् । यद्यपि यसका लागि युक्रेनी फौजले आत्मसमर्पण गर्नुपर्ने उनको अडान छ ।

राष्ट्रपति पुटिनले यसअघि नै मारिउपोल जितेको दाबी गरिसकेका छन् । मारिउपोलको अधिकांश क्षेत्रमा रुसी फौजले कब्जा जमाएपनि एजोभस्तल औद्योगिक क्षेत्रमा भने अझै युक्रेनी फौजको पकड रहेको बताइएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ३ : २२ बजे

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र