रुसी तेलमाथि प्रतिबन्ध लगाउने ईयूको प्रस्तावलाई हंगेरीले समर्थन नगर्ने | Khabarhub Khabarhub

रुसी तेलमाथि प्रतिबन्ध लगाउने ईयूको प्रस्तावलाई हंगेरीले समर्थन नगर्ने


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोपेली युनियन ईयूले रुसी तेललाई लक्षित गरी प्रस्ताव गरेको पछिल्लो प्रतिबन्धलाई हंगेरीले समर्थन गर्न नसक्ने हंगेरियन प्रधानमन्त्री भिक्टर ओर्बानले जनाएका छन् ।

सरकारी रेडियोसँगको कुराकानीका क्रममा प्रधानमन्त्री ओर्बानले रुसी तेलमाथि प्रतिबन्ध लगाउने ईयूको पछिल्लो प्रस्तावलाई हंगेरीले समर्थन गर्न नसक्ने बताएका हुन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार रुसी तेल आयातमा प्रतिबन्ध लगाउने युरोपेली आयोगको पछिल्लो प्रस्ताव हंगेरियन अर्थतन्त्रमा ‘आणविक बम’ खसाल्नु बराबर रहेको उनको भनाइ छ ।

यद्यपि हंगेरीलाई चित्त बुझ्ने नयाँ प्रस्ताव आएको खण्डमा त्यसबारे पनि विचार गर्न तयार रहेको उनको भनाइ छ । गत बुधबार युरोपेली युनियनले रुसमाथि हालसम्मकै सबैभन्दा कठोर प्रतिबन्धका प्याकेजहरुको घोषणा गरेको थियो ।

उक्त घोषणामा ६ महिनाभित्र रुसबाट कच्चा तेलको आपूर्तिलाई पूर्ण रुपमा कटौती गर्ने र सन् २०२२ को अन्त्यसम्म प्रशोधित तेलको आयातलाई पनि कटौती गर्ने उल्लेख छ ।

रुसी तेलमा आधारित पूर्वी युरोप हंगेरी स्लोभाकिया जस्ता केही मुलुकहरुले यस्तो प्रतिबन्धको पालना गर्न आनाकानी गर्ने अनुमान गरिएको थियो ।

ओर्बानले रेडियोलाई बताएअनुसार रुसी तेलबाट निर्भरता हटाउन हंगेरीलाई ५ वर्षको समय चाहिन्छ । प्रशोधन केन्द्र र पाइपलाइनको विकास गर्न हंगेरीमा ठूलो लगानी लगानी पनि आवश्यक रहेको उनको भनाइ छ ।

हाल हंगेरीले कूल खपतको ६५ प्रतिशत तेल रुसबाट आपूर्ति गर्दै आएको रोयटर्सले जनाएको छ ।

‘हामीलाई के आवश्यक छ भन्ने हामीलाई राम्रोसँग थाहा छ, शुरुमा हामीलाई यो सब प्रक्रिया पूरा गर्न ५ वर्ष चाहिन्छ… एक डेढ वर्ष केहीका लागि पनि पर्याप्त छैन ।’ ओर्बानलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ३ : ५३ बजे

बायर लेभरकुजन : जसले एकै खेल नहारी जित्यो लिग, अझै दुई फाइनल खेल्दै

काठमाडौं- जर्मन बुन्डेस लिगा क्लब बायर लेभरकुजनले कुनै पनि खेलमा

विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : पोख्रेल

दाङ– नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने

प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्‍यो

काठमाडौं– सहकारी ठगी प्रकरणको छानबिनका बारेमा गठन गर्न लागिएको संसदीय

भक्तपुर एमालेमा दोहोरिए बचन देउजा, महेश बस्नेतलाई धक्का

भक्तपुर- नेकपा एमाले भक्तपुरको अध्यक्षमा बचन देउजा दोहोरिएका छन् ।

नवलपरासीको बाघखोरलाई घरबास गाउँ घोषणा

नवलपरासी– नवलपरासी (बर्दघाघाट पूर्व) नवलपुरको कावासोती –१५, बाघखोरलाई घरबास गाउँ