श्रीलङ्काली अदालतद्वारा रूसी जेटलाई उडान अनुमति « Khabarhub

श्रीलङ्काली अदालतद्वारा रूसी जेटलाई उडान अनुमति


२३ जेष्ठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- श्रीलङ्काको एक अदालतले व्यापारिक विवादका कारण देशको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको एअरोफ्लट एयरबस ए–३३० विमान रोक्ने उड्डयन कार्यालयको आदेश खारेज गरेको छ । आदेशसँगै विमानले मस्कोका लागि उडान भर्नेभएको छ ।

श्रीलङ्काली अदालतले विमानलाई दुई हप्तासम्म विमानस्थलमा नै रोक्न गत बिहीबार आदेश जारी गरेको थियो । त्यसपछि एयर ट्राफिक कन्ट्रोलरले बिहीबार मस्को फर्कने उडानको अनुमति अस्वीकार गरेका थियो भने विमानमा रहेका सबै यात्रुलाई होटेलमा लगेर राखिएको थियो ।

उक्त रूसी विमानले आयरल्याण्डको सेलेस्टेयल एभियसन ट्रेडिङ १० लिमिटेड नामक संस्थालाई तिर्नुपर्ने रकम नतिरेको भन्दै एरोफलट विरुद्ध मुद्दा दायर गरेपछि विमानलाई रोक्न निर्देशन दिइएको थियो ।

विमानलाई उडान अनुमति नदिएपछि श्रीलङ्का र रूसबीच कुटनीतिक तनाब बढेको थियो । यस सम्बन्धमा रूसले शुक्रबार मस्कोस्थित श्रीलङ्काका विशेष दूतलाई रूसी विदेश मन्त्रालयमा बोलाएर कडा विरोध जनाएको थियो ।

बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने संस्था र उड्डयन सेवाले यो विवाद ‘केबल व्यावसायिक प्रकृतिको’ भएको र यसमा राज्यको हस्तक्षेप हुननहुने बताएको थियो ।

तर सोमबार सरकारी महान्यायधिवक्ताले उक्त मुद्दाको सुनुवाइ तालिकाभन्दा दुई दिनअघि विमानलाई उडान अनुमति दिने व्यवस्था मिलाउन गरेको निर्देशनपछि अदालतले यो आदेश जारी गरेको हो ।

मस्कोले युक्रेनमा आक्रमण गरेकोमा कठिन पश्चिमी प्रतिबन्धपछि मार्चमा एरोफ्लोटले आफ्ना सबै अन्तरराष्ट्रिय उडानहरू निलम्बन गरकोे तर अर्को महिनादेखि कोलम्बोका लागि पुनः उडान परिचालन गर्न अनुमति दिइएको थियो ।

रूसको नागरिक उड्डयन निकायले रूस–युक्रेन युद्धका कारण विदेशी मुलुकमा दर्ता भएका भाडाका विमान सञ्चालन गर्ने एयरलाइन्सलाई आउनसक्ने समस्यालाई मध्यनजर गर्दै आफ्नो कब्जाबाट बच्न अन्तर्राष्ट्रिय उडान बन्द गर्न सिफारिस गरेको थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ९ : ४४ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान