मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपाल हुँदै « Khabarhub

मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपाल हुँदै


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ‘मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपाल’ को दोस्रो संस्करण हुने भएको छ । आयोजक फेलिज इन्टरनेसनलले मंगलबार राजधानीमा एक कार्यक्रमबीच प्रतियोगिताको लागि आवेदन खुला भएको जानकारी दिएको हो । प्रतियोगिताको पहिलो संस्करण सन् २०१७ मा भएको थियो ।

आयोजकका अनुसार प्रतियोगितामा १६ देखि २१ वर्ष उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्नेछन् । एसईई तथा प्लस टु परिक्षा दिएर बसेका विद्यार्थीहरुको आत्मविश्वास, कार्यक्षमता अभिवृद्धि तथा जनसम्पर्क स्थापना सहयोग पुर्‍याउन प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको दाबी छ ।

प्रतियोगिताको शीर्ष विजेताले आगामी अक्टोबर १० मा टर्कीको इस्तानबुलमा आयोजना हुने ‘टप मोडल अफ युनिभर्समा’ नेपालको प्रतिनिधित्व गर्ने मौका पाउनेछन् । यसबाहेक विजेताले द ब्रिटिस कलेजमा २० लाख रुपैंयासम्मको छात्रवृत्ति, आयोजकका तर्फबाट एक लाख रुपैंयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै, फस्ट रनरअप तथा सेकेण्ड रनर अपले ब्रिटिस कलेजबाट १५ लाखसम्मको छात्रवृत्ति तथा सहभागीले  पहिलो वर्ष अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन् ।

प्रतियोगिताको निर्णायकमा पूर्व मिस नेपाल उषा खड्गी, अभिनेता सलोन बस्नेत, सलिनमान बनिया, मोडल पुजा गिरी, कोरियोग्राफर रोजिन शाक्यलगायत छन् । अडिसन जुलाई १६ मा द ब्रिटिस कलेज, थापथलीमा आयोजना हुनेछ ।

फेलिज इन्टरनेशनलका निर्देशक तथा टप मोडल अफ युनिभर्सका कन्ट्री डाईरेक्टर साहिल खानले यो केवल प्रतियोगिता नभई एक अवसर रहेको बताए ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ७ : ४२ बजे

विश्वकप फुटबल: कंगोमाथि कोलम्बियाको १-० को संघर्षपूर्ण जित

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा

आफ्नै दममा फिल्म हिट बनाउन सक्ने जितु

काठमाडौँ- अब भन्दा फरक पर्दैन- जितु नेपालले बनाएको ‘आई एम

गोल्डेन बुटको दाैड: मेसीको अनुभव, एम्बाप्पेको गति कि हालान्डको फिनिसिङ ?

काठमाडौँ – फिफा विश्वकप २०२६ सुरु भएको केही समयमै फुटबल

रास्वपा केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाहको सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका

मेस्सीसँगको भिडन्त ‘अद्भूत’ हुनेछ: क्रिस्टियानो रोनाल्डो

ह्युस्टन – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले विश्वकपको नकआउट चरणमा लियोनेल