चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३६ गैँडा मरे « Khabarhub

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३६ गैँडा मरे


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा ३६ गैँडा मरेका छन् । जसमध्ये दुईवटा चोरी शिकारीबाट र ३४ वटा प्राकृतिक कारणले मरेका हुन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पछिल्लोपटक मेघौली रेञ्जपोष्ट नजिकै अन्दाजी २५ वर्षको पोथी गैँडा मृत फेला परेको छ । सो गैँडाको खागखुर सुरक्षित रहेको र घाउचोट नभएकाले प्राकृतिक कारणले मरेको हुनसक्ने निकुञ्जको अनुमान छ । चालु आर्थिक वर्षमा मरेका दुई गैँडामध्ये एउटाको खागखुर शिकारीले लगेका थिए भने अर्को एकको खागखुर सुरक्षित रहेको थियो । बाँकी ३४ गैँडा प्राकृतिक कारणबाट मरेका हुन् । तीमध्ये झण्डै आधा जुधेर मरेको तिवारीले बताए। गैँडा बुढो भएर, दलदलमा फसेर, बाघको आक्रमणमा परेर, खाडलमा परेर मरेका हुन् ।

गत आवमा ३३ वटा गैँडा प्राकृतिक कारणबाट मरेका थिए । केही वर्षअघि एकै वर्ष प्राकृतिक कारणबाट ४४ गैँडा मरेका थिए । त्यो नै हालसम्मको प्राकृतिक कारणबाट मरेका सबैभन्दा ठूलो सङ्ख्या हो । गैँडाको सङ्ख्या बढेसँगै मृत्युदर बढ्दै गएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले प्राकृतिक कारणबाट मृत्युदर घटाउन सक्ने जति प्रयास भइरहेको बताउनुभयो । एकै ठाउँमा धेरै गैँडा नहोस् भन्नका लागि निकुञ्जले आन्तरिक स्थानान्तरणको योजना बनाएको छ । यससँगै बासस्थान व्यवस्थापनमा जोड दिएको छ । नमूना घाँसेमैदान निर्माणका लागि प्रस्ताव गरिएको उनले जानकारी दिए । गैँडा एकै ठाउँमा धेरै रहँदा जुधेर मर्ने क्रम बढेपछि फरक–फरक ठाउँमा व्यवस्थित घाँसेमैदान र पानीको स्रोत व्यवस्थापनमा निकुञ्ज जुटेको छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  १० : ५८ बजे

हिन्दू राष्ट्रको मागमा सहमति संविधानविपरीत : सुदन किराती

काठमाडौं- श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किरातीले

पूर्वराष्ट्रपति भण्डारीले गरिन् नेकपा सहसंयोजक नेपाललाई सम्मान

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका सहसंयोजक माधवकुमार नेपाललाई सम्मान गरेकी

इरानमाथि आक्रमणबाट पछि हटे ट्रम्प, विज्ञ भन्छन्, ‘तेहरानले यसलाई रणनीतिक जित ठान्न सक्छ’

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि प्रस्तावित सैन्य आक्रमण तत्कालका

अत्यधिक गर्मीका कारण हङ्गेरीको आणविक ऊर्जा केन्द्र बन्द हुने

बुडापेस्ट– ड्यान्युब नदीको पानीको सतह कीर्तिमानी रूपमा घटेपछि हङ्गेरीले ४४

कांग्रेस एक बनाउन युवा अभियान, नैनसिंहले भने- अविश्वास र आन्तरिक किचलोले पार्टी बिग्रियो

काठमाडौं– नेपाली काँग्रेसभित्र देखिएको आन्तरिक विभाजन कम गर्दै विभिन्न धारबीच