राष्ट्रपति रनिङ शिल्डको प्रथम उपाधि गोरखा नगरपालिकालाई  « Khabarhub

राष्ट्रपति रनिङ शिल्डको प्रथम उपाधि गोरखा नगरपालिकालाई 


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा – राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गोरखा नगरपालिका पहिलो भएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २१ स्वर्ण, १८ रजत र ३१ कास्यसहित ७० पदक जित्दै गोनपा पहिलो भएको हो ।

गण्डकी गाउँपालिका दोस्रो भएको छ । ९ स्वर्ण, ११ रजत र १२ कास्य गरी ३२ वटा पदक जितेको गण्डकी दोस्रो भएको जिल्ला खेलकुद विकास समिति गोरखाले जनाएको छ । ७ स्वर्ण, ११ रजत र १२ कास्यसहित ३० पदक जितेको बारपाक सुलिकोट गाउँपालिका तेस्रो भएको छ । यसैगरी धार्चे गाउँपालिकाले ३ स्वर्ण, २ रजत र ८ कास्य गरी १३ पदक जितेको छ । सिरानचोक, सहिद लखन र आरुघाट गाउँपालिकाले बर्खाका कारण तयारी नपुगेको भन्दै प्रतियोगितामा सहभागिता जनाएनन् ।

प्रतियोगिताको एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी शंकरहरि आर्चायले समापन गरेका हुन । खेलकुद विकास समितिका अध्यक्ष शान्तसिंह बस्नेतको अध्यक्षतामा भएको समापन कार्यक्रममा विजेता खेलाडीहरूलाई पदक तथा प्रमाणपत्र पनि वितरण गरिएको थियो । प्रतियोगितामा विजेता भएका ७७ जना खेलाडीहरूले गण्डकी प्रदेशस्तरीय प्रतियोगिता खेल्न पोखरा जाने भएका छन् ।

२३ र २४ प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने तयारी छ । ‘कोरोनाका कारण दुई वर्षसम्म प्रतियोगिता गर्न सकिएन,’ जिल्ला अध्यक्ष बस्नेतले भने,‘छोटो तयारीका बाबजुद पनि हामीले बर्खाका बेलामा भए पनि सफलतापूर्वक प्रतियोगिता गरियो, यो ठूलो उपलब्धि हो ।’ जिल्लाबाट छनौट भएका खेलाडीहरूले प्रदेशमा उत्कृष्ट प्रदर्शन गरी केन्द्रमा समेत पुग्ने उनले आशा व्यक्त गरेका छन् । प्रतियोगितामा एथलेटिक्स, तेक्वान्दो, कबड्डी लगायतका विभिन्न खेल खेलाइएको थियो ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ११ : २४ बजे

कृषिमन्त्रीको सम्पत्ति : माइतीले दिएका दुई बाख्रा र १० वटा कुखुरा, अरु कति ?

काठमाडौँ – प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

आज २०८२ साल चैत ३० गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा