सागका विजेता खेलाडीलाई खोटाङमा सम्मान  « Khabarhub

सागका विजेता खेलाडीलाई खोटाङमा सम्मान 


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – दक्षिण एसियाली खेलकुद (साग)का ६ विजेता खेलाडीलाई खोटाङमा सम्मान गरिएको छ । दिक्तेलमा आयोजित किरात राई खेलकुद संघको तेश्रो राष्ट्रिय महाधिवेशन उद्घाटनका क्रममा १२औँ र १३औँ सागका पदक विजेता खेलाडी र दुई जना टिम व्यवस्थापकलाई सम्मान गरिएको हो ।

जिल्ला खेलकुद विकास समितिको कवर्डहलमा आयोजित कार्यक्रममा १३औँ सागमा तेक्वान्दोतर्फ स्वर्ण पदक जितेकी सुशिला राई (सुनसरी), उसुमा कास्यपदक जितेका अशोक खालिङ (ईलाम), स्क्वासमा कास्य पदक जितेका भावना सुनुवार (रामेछाप), आर्चरीका टिम व्यवस्थापक मिनाकुमारी रञ्जु (उदयपुर), बक्सिङका टिम व्यवस्थापक प्रमिला राई (झापा) र १२ औँ सागका कबड्डीका कास्य पदक विजेता सम्झना राई (बारा)लाई सम्मान गरिएको हो ।

सागका विजेता खेलाडीलाई प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले जनही १० हजारका साथमा सम्मान–पत्र प्रदान गरेका छन् । किरात राई खेलकुद संघले २०७६ मंसिरमा सम्पन्न १३औँ सागका ३ स्वर्ण पदक विजेता, ९ कास्य पदक विजेता, १४ रजत पदक विजेता, २ प्रशिक्षक र २ टिम व्यवस्थापकलाई सम्मान गर्ने तयारी गरेको थियो । तर, अन्य विजेता खेलाडी एसियन क्याम्पको बन्द प्रशिक्षण र कतिपय विदेशमा भएकाले काठमाडौँमै सम्मान गरिने संघका अध्यक्ष महेन्द्रकुमार राईले बताए ।

कार्यक्रममा मुआईथाई वल्ड च्याम्पियन सन्जय राईलाई १० हजार नगद र सम्मानपत्रले सम्मान गरिएको छ । किरात राई यायोक्खा बेलायत र खोटाङ समाज बेलायतले संकलन गरेको रकमबाट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको हो ।

कबड्डीका कास्य पदक विजेता सम्झनालाई सगरमाथा तेक्वान्दो डोजाङ बेलायतका संस्थापक प्रमुख राष्ट्र राई र किरात राई यायोक्खा बेलायतका अध्यक्ष योगेश कोयुले व्यक्तिगत ५/५ हजारले सम्मान गरेका छन् । संघको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै बुधबार सम्पन्न हुँदैछ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  १२ : ०० बजे

लुका मोड्रिचको २०० औं खेलमा क्रोएसिया विजयी, पानामा विश्वकपबाट बाहिरियो

टोरन्टो – पानामालाई १–० को झिनो अन्तरले पराजित गर्दै पूर्व

खेल सकिएपछि रोनाल्डोले क्यामराअघि चिच्याएर भने “म फर्किएँ !”

काठमाडौँ – आलोचना र दबाबका बीच क्रिस्टियानो रोनाल्डोले सानदार पुनरागमन

मनसुनी वायु फैलिँदै, केही भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप फाइनलमा अमेरिकी राष्ट्रपति ट्रम्प मुख्य आकर्षण बन्ने

न्यू जर्सी – विश्वकप फुटबलको फाइनल खेलको ट्रफी हस्तान्तरण समारोहमा

घानाविरुद्ध गोल गर्न चुक्यो इङ्ल्याण्ड : खेल बराबरीमा सकियो

काठमाडौँ – फिफा विश्वकप प्रतियोगिताअन्तर्गत भएको खेलमा इङ्ल्याण्ड र घानाले