नेपाल धितोपत्र बोर्डले अब हरेक वर्ष ब्रोकर लाइसेन्स खुला गर्ने  « Khabarhub

नेपाल धितोपत्र बोर्डले अब हरेक वर्ष ब्रोकर लाइसेन्स खुला गर्ने 


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल धितोपत्र बोर्डले अब हरेक वर्ष ब्रोकर लाइसेन्स खुला गर्ने भएको छ । बोर्डले धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ संशोधन गरी उक्त व्यवस्था लागू गर्ने प्रस्ताव गरेको छ ।

ब्रोकर लाइसेन्सका लागि धितोपत्र बजारले पहिलो आर्थिक वर्षको हकमा ३० दिनको समय दिई निवेदन माग गर्ने व्यवस्था गरिएको छ । त्यसपछि, प्रत्येक आर्थिक वर्षको पहिलो महिनाभित्र इच्छुक कम्पनी वा संगठित संस्थाले सिफारिसको लाग धितोपत्र बजारसमक्ष निवेदन दिनुपर्नेछ ।

धितोपत्र बजारले नियमावलीको व्यवस्थाहरू पूरा भए नभएको जाँचबुझ गरी निवेदन प्राप्त भएको मितिले ३५ दिनभित्र बोर्ड समक्ष सिफारिस गर्नुपर्ने व्यवस्थामा उल्लेख छ । तोकिएको समयभित्र सिफारिस गर्न नसकेमा कारणसहित बोर्डलाई जानकारी गराउनु पर्ने र नियमावलीले गरेको व्यवस्थाहरू पूरा गरेको देखिएमा बोर्डले १५ दिनभित्र निवेदकलाई पूर्वाधार तयार गर्न सूचित गर्ने धितोपत्र बोर्डले जनाएको छ । 

 बोर्डका अनुसार सीमित कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि न्यूनतम २० करोड रुपैयाँ चुक्ता पुँजी हुनुपर्नेछ । यसमा ब्रोकरहरुले सम्बन्धित ग्राहकको नामबाट मात्र ग्राहकको आदेश अनुसार धितोपत्र खरिद वा बिक्री गर्न सक्नेछन् । पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा प्रदान गर्नेहरू ब्रोकर कम्पनीहरूको चुक्ता पुँजी ६० करोड रुपैयाँ हुनुपर्नेछ । 

धितोपत्र व्यापारी लाइसेन्सका लागि भने एक अर्ब ५० करोड रुपैयाँ पुँजी निर्धारण गरिएको छ । धितोपत्र व्यापारीले आफ्नो नामबाट धितोपत्र खरिद वा बिक्री गर्न, धितोपत्र दलालको कार्य गर्न, धितोपत्र प्रत्याभूतिको कार्य गर्न र योग्य संस्थागत लगानीकर्ताको रुपमा पनि कार्य गर्न सक्नेछन् ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  १२ : २९ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण