नेपाल धितोपत्र बोर्डले अब हरेक वर्ष ब्रोकर लाइसेन्स खुला गर्ने  | Khabarhub Khabarhub

नेपाल धितोपत्र बोर्डले अब हरेक वर्ष ब्रोकर लाइसेन्स खुला गर्ने 


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल धितोपत्र बोर्डले अब हरेक वर्ष ब्रोकर लाइसेन्स खुला गर्ने भएको छ । बोर्डले धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ संशोधन गरी उक्त व्यवस्था लागू गर्ने प्रस्ताव गरेको छ ।

ब्रोकर लाइसेन्सका लागि धितोपत्र बजारले पहिलो आर्थिक वर्षको हकमा ३० दिनको समय दिई निवेदन माग गर्ने व्यवस्था गरिएको छ । त्यसपछि, प्रत्येक आर्थिक वर्षको पहिलो महिनाभित्र इच्छुक कम्पनी वा संगठित संस्थाले सिफारिसको लाग धितोपत्र बजारसमक्ष निवेदन दिनुपर्नेछ ।

धितोपत्र बजारले नियमावलीको व्यवस्थाहरू पूरा भए नभएको जाँचबुझ गरी निवेदन प्राप्त भएको मितिले ३५ दिनभित्र बोर्ड समक्ष सिफारिस गर्नुपर्ने व्यवस्थामा उल्लेख छ । तोकिएको समयभित्र सिफारिस गर्न नसकेमा कारणसहित बोर्डलाई जानकारी गराउनु पर्ने र नियमावलीले गरेको व्यवस्थाहरू पूरा गरेको देखिएमा बोर्डले १५ दिनभित्र निवेदकलाई पूर्वाधार तयार गर्न सूचित गर्ने धितोपत्र बोर्डले जनाएको छ । 

 बोर्डका अनुसार सीमित कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि न्यूनतम २० करोड रुपैयाँ चुक्ता पुँजी हुनुपर्नेछ । यसमा ब्रोकरहरुले सम्बन्धित ग्राहकको नामबाट मात्र ग्राहकको आदेश अनुसार धितोपत्र खरिद वा बिक्री गर्न सक्नेछन् । पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा प्रदान गर्नेहरू ब्रोकर कम्पनीहरूको चुक्ता पुँजी ६० करोड रुपैयाँ हुनुपर्नेछ । 

धितोपत्र व्यापारी लाइसेन्सका लागि भने एक अर्ब ५० करोड रुपैयाँ पुँजी निर्धारण गरिएको छ । धितोपत्र व्यापारीले आफ्नो नामबाट धितोपत्र खरिद वा बिक्री गर्न, धितोपत्र दलालको कार्य गर्न, धितोपत्र प्रत्याभूतिको कार्य गर्न र योग्य संस्थागत लगानीकर्ताको रुपमा पनि कार्य गर्न सक्नेछन् ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  १२ : २९ बजे

टप टी-२० सिरिज : मेलबर्न स्टार्सले नेपाललाई दियो १७६ रनको चुनौती

काठमाडौं – अस्ट्रेलियाको मेलबर्न स्टार्सले नेपाललाई १७६ रनको चुनौती दिएको

पहिरोले गुल्मीको रिडी–तम्घास सडक अवरुद्ध

गुल्मी– वर्षाका कारण पहिरो जाँदा मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको तम्घास‐रिडी

स्पेनिस ला लिगा : इस्पान्योलको सुखद सुरुवात

काठमाडौं– स्पेनिस ला लिग फुटबलमा इस्पान्योलले सुखद सुरुवात गरेको छ

आजदेखि काठमाडौंमा हिन्दूकुश हिमालय संसदीय बैठक

काठमाडौं – ‘हिन्दूकुश हिमालय क्षेत्र’मा पर्ने मुलुकका संसद्बीच साझा धारणा,

विपीन रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हमास समूहले बन्धक बनाएका नेपाली