सेनाको कृषि विज्ञान संस्थानमा स्नातक तहको पढाइ सुरु « Khabarhub

सेनाको कृषि विज्ञान संस्थानमा स्नातक तहको पढाइ सुरु


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – नेपाली सेनाले लमजुङमा स्थापना गरेको कृषि विज्ञान संस्थानमा स्नातक तहको पढाइ सुरु भएको छ ।  बेँसीसहर नगरपालिका-२ बगालेगाउँमा क्याम्पस स्थापना गरी त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेसँगै यही असारबाट कृषि विज्ञान संकायमा स्नातक तहको पढाइ सुरु गरेको हो ।

सैनिक र गैरसैनिक सबैका लागि कृषि तथा भेटेरीनरीसम्बन्धी प्राविधिक शिक्षा दिँदै आएको शिक्षालयलाई सेनाले स्तरोन्नती गरी नेपाली सेना कृषि विज्ञान संस्थान बनाएको हो । सेनाले सैनिक कल्याणकारी कोषअन्तर्गत कृषि विज्ञान संकायमा स्नातक तहको पढाइ हुने गरी कृषि संस्थान सुरुवात गरेको हो ।

१६ असारबाट औपचारिक रुपमा कक्षा सञ्चालन भएको क्याम्पसका कार्यकारी निर्देशक डा. श्यामसुन्दर शर्माले बताए  । उनका अनुसार हाल नेपाली सेना परिवारतर्फ २३ जना र सिभिलतर्फका २२ जना ४५ जना विद्यार्थी भर्ना भएका छन् ।

क्याम्पसमा नेपाली सेना परिवारतर्फका २४ र गैरसैनिकतर्फ २४ जना गरी प्रतिवर्ष ४८ जना विद्यार्थीले अध्ययनको अवसर पाउँनेछन् ।

क्याम्पस सञ्चालनसँगै नेपाली सेनाले सो क्षेत्रमा करिब चार सय ५० रोपनी जग्गामा व्यावसायिक कृषि उत्पादन पनि सुरु गरेको छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  १ : ०२ बजे

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन