सेनाको कृषि विज्ञान संस्थानमा स्नातक तहको पढाइ सुरु « Khabarhub

सेनाको कृषि विज्ञान संस्थानमा स्नातक तहको पढाइ सुरु


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – नेपाली सेनाले लमजुङमा स्थापना गरेको कृषि विज्ञान संस्थानमा स्नातक तहको पढाइ सुरु भएको छ ।  बेँसीसहर नगरपालिका-२ बगालेगाउँमा क्याम्पस स्थापना गरी त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेसँगै यही असारबाट कृषि विज्ञान संकायमा स्नातक तहको पढाइ सुरु गरेको हो ।

सैनिक र गैरसैनिक सबैका लागि कृषि तथा भेटेरीनरीसम्बन्धी प्राविधिक शिक्षा दिँदै आएको शिक्षालयलाई सेनाले स्तरोन्नती गरी नेपाली सेना कृषि विज्ञान संस्थान बनाएको हो । सेनाले सैनिक कल्याणकारी कोषअन्तर्गत कृषि विज्ञान संकायमा स्नातक तहको पढाइ हुने गरी कृषि संस्थान सुरुवात गरेको हो ।

१६ असारबाट औपचारिक रुपमा कक्षा सञ्चालन भएको क्याम्पसका कार्यकारी निर्देशक डा. श्यामसुन्दर शर्माले बताए  । उनका अनुसार हाल नेपाली सेना परिवारतर्फ २३ जना र सिभिलतर्फका २२ जना ४५ जना विद्यार्थी भर्ना भएका छन् ।

क्याम्पसमा नेपाली सेना परिवारतर्फका २४ र गैरसैनिकतर्फ २४ जना गरी प्रतिवर्ष ४८ जना विद्यार्थीले अध्ययनको अवसर पाउँनेछन् ।

क्याम्पस सञ्चालनसँगै नेपाली सेनाले सो क्षेत्रमा करिब चार सय ५० रोपनी जग्गामा व्यावसायिक कृषि उत्पादन पनि सुरु गरेको छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  १ : ०२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै