माओवादीको केन्द्रीय समिति बैठक भोलिसम्मका लागि स्थगन  « Khabarhub

माओवादीको केन्द्रीय समिति बैठक भोलिसम्मका लागि स्थगन 


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक भोलिसम्मका लागि स्थगन भएको छ । पार्टी अध्यक्षसहित शीर्षनेता संसद् बैठकमा सहभागी हुनुपर्ने भएपछि आजका लागि तोकिएको बैठक बिहीबारसम्मका लागि स्थगन भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । बैठक आज १ बजे बस्ने तय भएको थियो ।

अर्को बैठक बिहीबार बिहान ११ बजे कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा सुरु हुनेछ । शीर्षनेताको कार्यव्यस्तताका कारण केन्द्रीय समिति बैठक मंगलबार पनि स्थगन भएको थियो । माओवादीको बैठक आइतबारदेखि सुरु भएको हो । बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । बैठक स्थगन भएसँगै अध्यक्ष दाहालको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम रोकिएको छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  १ : ३९ बजे

सभ्यताको मूल जरो ‘तोरकीन’

उपन्यासको नाम ‘तोरकीन’ले नै मेरो पुस्तकप्रति आकर्षण बढेको थियो ।

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ– नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार गर्ने

झापामा पुँजीगत खर्च ५१ प्रतिशत मात्र

झापा– गत आर्थिक वर्षमा झापामा पुँजीगत बजेटको ५१ प्रतिशत मात्र

बीपीको वैचारिक कांग्रेसमा विरासतको मोलतोल

पृष्ठभूमि आज बीपी कोइराला जीवित हुनुहुन्थ्यो भने नेपाली कांग्रेसको वर्तमान

कृषि, खानेपानी र घरायसी विद्युतमा १३ प्रतिशत भ्याट दुर्भाग्यपूर्ण : घिसिङ

काठमाडौँ– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले कृषि सिँचाइ,