अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्छ : नैनसिंह महर « Khabarhub

अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्छ : नैनसिंह महर


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न माग गरेका छन्। 

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले जारी विवाद संसदीय छानबिन समिति गठन गरेर टुंगो लगाउनुपर्ने धारणा राखे। ‘अर्थमन्त्री बारे उठेका गम्भीर प्रश्नको उत्तर दिने काम सरकारको हो। त्यसैले संसदीय छानबिन समिति गठन गरेर आवश्यक कामकारबाही अगाडि बढाइनु पर्छ। र, यसको सत्यतथ्य जानकारी जनतालाई दिनुपर्छ,’ उनले भने।

नेता महरले अर्थमन्त्रीमाथि उठेका गम्भीर प्रश्नको उत्तर दिने काम सरकारको बताएका छन्। ’अर्थमन्त्रीबारे गम्भीर प्रश्न उठिसकेपछि यसबारे संसद् र जनतालाई जवाफ दिने काम सरकारको हो। एक अमुक पार्टी र व्यक्तिका लागि लोकतान्त्रिक पद्धतिको खिल्ली उडाउने काम शोभनिय हुँदैन। संसदीय छानबिन समिति गठन गरेर निष्पक्ष छानबिनका माध्यमले आवश्यक काम कारबाही अगाडि बढाइनु हितकर हुन्छ,’ उनले भने।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालय प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएको छ । 

बजेट घोषणा हुनु अघिल्लो दिनको अर्थ मन्त्रालय सीसीटिभी फुटेज माग्दा मन्त्रालयले डिलिट भइसकेको गैरजिम्मेवारपूर्ण जवाफ दिएको थियो। मन्त्रालयको गैरजिम्मेवारपूर्ण जवाफपछि अर्थमन्त्री शर्मामाथि छानबिन हुनुपर्ने र राजीनामा दिनुपर्ने माग प्रतिपक्षी र गठबन्धनबाट उठिरहेको छ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  १ : ५१ बजे

‘प्रविधिमैत्री सेवा, मर्यादित श्रम’ नारासहित यातायात मजदुरको १२औँ महाधिवेशन

काठमाडौं- नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको १२औँ राष्ट्रिय महाधिवेशन आगामी असोज

ललितपुरमा ‘हरित उत्सव : परिवर्तनका लागि महिला नेतृत्व’ अभियान सुरु (तस्बिरहरू)

ललितपुर– जलवायु न्याय तथा सामुदायिक उत्थानका क्षेत्रमा काम गर्दै आएको

किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी

किएभ– युक्रेनको राजधानी किएभको उत्तरपूर्वी जिल्लामा भएको रूसी आक्रमणका कारण

चार क्विन्टल गाँजासहित चार जना पक्राउ

सुनसरी– बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित

युवा आन्दोलनले बढायो मोदी सरकारमाथि दबाब

नयाँदिल्ली-  युवा नेतृत्वमा भएको विरोध प्रदर्शनका कारण भारतका शिक्षामन्त्रीले राजीनामा दिएको