मर्लिनको जीवनीमा बन्यो फिल्म ‘ब्लोन्ड’ « Khabarhub

मर्लिनको जीवनीमा बन्यो फिल्म ‘ब्लोन्ड’


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्ममा अत्यधिक सफलता पाए पनि व्यक्तिगत जीवनमा सधैँ दुःख पाएकी मर्लिन मुनरोको जीवनीमा बनेको फिल्म ‘ब्लोन्ड’ नेटफ्लिक्समा प्रदर्शन हुँदैछ । मर्लिनको भूमिका यो फिल्ममा एना डे आम्र्सले निर्वाह गरेकी छिन् । मर्लिनले जीवनमा तीन चोटि विवाह गरिन् र तीनै सम्बन्धमा धोका पाइन् । ड्रग्स ओभर डोजका कारण उनको कलिलै उमेरमा मृत्यु भयो । तर कसै कसैले भने मर्लिनले आत्महत्या गरेको पनि भन्ने गरेका छन् । 

कलिलो उमेर १६ वर्षमै आफू भन्दा ५ वर्ष जेठा जेम्स डोरोथीसँग विवाह गरेकी मर्लिनले त्यसको कारण ‘फोस्टर होम’ बताएकी थिइन् । विवाह गरेर बाहिर निस्कन पाए स्वतन्त्र भएर बाँच्न पाइन्छ भन्ने उनको चाहना थियो । त्यसको केही समय पश्चात जेम्स अमेरिकी नेभीमा भर्ना भएपछि मर्लिन र जेम्स छुट्टिए । यसरी छुट्टिएको केही समयपछि फोटोग्राफरको आँखामा परेपछि मर्लिन मोडलिङ हुँदै फिल्ममा प्रवेश गरेकी थिइन् ।  

त्यसपछिको समयमा थप दुई विवाह समेत गरेकी मर्लिन बच्चा खेर गएपछि नशाको लतमा फसिन् । नशा बढी भएपछि जगमगाउँदो फिल्म करिअर र जीवनबाट उनले बिदा लिएकी थिइन् । यसलाई नै नेटफ्लिक्सले ‘ब्लोन्ड’ मा देखाउदै छ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  १ : ५३ बजे

इरानको पुनर्निर्माणमा अमेरिका सहयोग गर्न तयार : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामपछि इरानको पुनर्निर्माणमा अमेरिका सहयोग

स्ट्रेट अफ होर्मुजबाट गुज्रिने हरेक जहाजबाट इरान र ओमानले शुल्क असुल्ने

तेहरान- अमेरिका र इरानबीच भएको दुई हप्ताको युद्धविराम सम्झौतासम्बन्धी एक

ट्रम्पले भने– चीनले इरानलाई युद्धविरामका लागि तयार गर्‍यो

वाशिंटन- युद्धविरामलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ तर्क गरेका

जिल्ला अस्पताल निरीक्षणमा स्वास्थ्य मन्त्री

इनरुवा– स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहताले यहाँस्थित

मध्यपूर्व युद्धविराम : विश्वको प्रतिक्रिया र सुरक्षित मार्ग सुनिश्चित गर्ने आशा

एजेन्सी– संयुक्त राज्य अमेरिका र इरानले दुई हप्ताका लागि युद्धविराममा