अनमोलपछि धीरजको छायाँमा अदिति  « Khabarhub

अनमोलपछि धीरजको छायाँमा अदिति 


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : अदिति बुढाथोकी नेपाली मोडलिङसँग चासो राख्ने परिचित नाम हो । नायक अनमोल केसीसँग फिल्म ‘कृु’ मा को-स्टार भएर काम गरेपछि उनको चर्चा फिल्ममा पनि उत्तिकै भयो । यद्यपि उनको अभिनयले मोडलिङझैँ चर्चा नपाउँदा अर्को फिल्म पाउन मुस्किल भयो ।

सामाजिक सञ्जालमा  सक्रिय धेरै फ्लोअर भएकी अदिति मुम्बईमा बसेर मोडलिङ गर्छिन् । थुप्रै पटक भारतीय मिडियामा फिचर्ड भइसकेकी छिन् । सामाजिक सञ्जालमा आकर्षक फोटो राख्ने कारणले पनि उनलाई पछ्याउने फ्यानको संख्या धेरै छ । तर, यसको प्रभाव उनको करियरमा देखिदैन । 

डेब्यु फिल्ममा अनमोलले उनलाई छायाँमा पारे । लभरब्वाई बनिरहेका अनमोल ‘कृु’ मार्फत एक्सन अवतारमा प्रस्तुत भए । यसकारण पनि भारतमा मोडलिङ गरिरहेकी अदितिको उपस्थिति अनमोलको अगाडि छायाँमा रह्यो । मिडियामा खोजे जस्तो स्पेश नपाएपछि अदितिले एक्लै पत्रकार भेटघाट कार्यक्रम गरिन् ।

फिल्म रिलिजपछि अदिति मुम्बईमै सक्रिय भइन् । उनलाई नेपालबाट अफर नगएको होइन, यद्यपि त्यहाँ उनले काम गर्ने सोच बनाएको कुनै फिल्म बनाउने कम्पनी थिएनन् । 

आफूले चाहेको व्यानरले अफर नगरेपछि अदितीले दोस्रो फिल्म होम प्रोडक्सनबाट गरेकी छिन् । ‘बाबरी’मा आफ्नो माता पितालाई निर्माता बनाएर उनले ‘कृ’कै निर्देशक सुरेन्द्र पौडेललाई लिएर काम गरिन् । फिल्मको शिर्ष गीत सार्वजनिक भयो । दर्शक पनि रुचाएका छन् । फिल्मको टिजर समेत सार्वजनिक भइसकेको छ । 

गीत र टिजर सार्वजनिक भएपछि अदितीलाई भन्दा उनको को–स्टार धिरज मगरलाई फाइदा पुर्‍याएको छ । टिजरमा फरक लवजसहित देखिएका धिरजलाई दर्शकले नोटिस गरेका छन् ।

टिजर सार्वजनिक हुँदा धिरजको आवाज होइन कि भन्ने आशंका रहदा नै उनले कार्यक्रममा लाइभ डायलग बोलेपछि फ्यान झनै प्रभावित भए । अर्थात् ‘बाबरी’मा पनि अदितीको भन्दा धिरजकै चर्चा छ । यसले गर्दा डेब्यु फिल्ममा अनमोलको छायाँ भन्दा बाहिर निस्किन नसकेकी अदिती यसपटक पनि त्यहि अवस्थाबाट गुज्रिने चिन्ता बढ्दो छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ३ : २८ बजे

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार

चीनले भन्यो : हिमाल र नदीले जोडिएको छिमेकीलाई जलवायु परिवर्तनको मुद्दामा सघाउन तयार छौँ

काठमाडौं – नेपालमा आएको विनाशकारी बाढीपछि विश्वका प्रमुख हरितगृह ग्यास