पाकिस्तानमा बाढी र पहिरोका कारण २५ जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा बाढी र पहिरोका कारण २५ जनाको मृत्यु


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा भिषण बाढी र पहिरोका कारण २५ जनाको ज्यान गएको छ । पाकिस्तानी अधिकारीहरुले त्यहाँको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्तमा केही दिनदेखि जारी रहेको अविरल बर्षाका कारण आएको बाढी र पहिरोबाट उनीहरुको निधन भएको बताएका छन् ।

बलुचिस्तान प्रान्तको प्रकोप व्यवस्थापन सम्बन्धी विभागका महानिर्देशकले सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार केही दिन देखिको बर्षाले गर्दा २५ जनाको ज्यान गएको छ भने अरु केही नागरिक बेपत्ता पनि भएका छन् ।

साथै बाढीले यहाँको स्थानीय बस्तीका विजुली, पानीको धारा एवं यातायातका कतिपय संरचनाहरुमा नै क्षति पुर्‍याएको छ । बाढीले कम्तीमा पनि २०० घर भत्काएको छ भने २ हजार पशु चौपाया मरेका छन् । क्वेटा नगरमा बाढीले अझ बढी क्षति पुर्‍याएको छ ।

बलुचिस्तान प्रान्तीय सरकारले उद्धारका काममा खट्न सबैलाई आग्रह गरेको छ । त्यहाँको सरकारले ठूलो संख्यामा प्रहरी र उद्धारकर्मीहरुलाई खटाएको जनाएको छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ४ : २५ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६