नेप्से परिसूचक १३.३३ अकंले बढ्यो « Khabarhub

नेप्से परिसूचक १३.३३ अकंले बढ्यो


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३.३३ अकंले उकालो लागेर दुई हजार ४३.९२ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.६९ अंकले उकालो लागेर ३८८.९१ मा पुगेको छ ।

कूल २२८ कम्पनीको ६२ लाख ६३ हजार ३१० कित्ता शेयर रु दुई अर्ब १७ करोड ८६ लाख ५५ हजार ७०१ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्य ओरालो लागेको छ भने १० उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ ०.७३, निर्जीवन बीमा ३५.०३ र सामूहिक लगानी कोष ०.०८ अकंले ओरालो लागेको छ । 

त्यस्तै व्यापार १.१३, होटल तथा पर्यटन १६.२२, विकास बैंक ७२।७५, जलविद्युत् ३३.८४, वित्त ४२.१३, उत्पादन २०.७२, अन्य २१।६८, लघुवित्त १०.६३, जीवन बीमा २६६.३२ र लगानी ०.२२ अकंले उकालो लागेको छ ।

आजको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब १५ अर्ब १५ करोड १९ लाख ७० हजार ३३६ बराबर पुगेको छ । कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु ११ करोड ७२ लाख ८० हजार ३३० बराबरको कारोबार भयो ।

यस्तै लाइफ इन्स्युरेन्स कर्पोरेशन रु ११ करोड ५३ लाख ४६ लाख ४७७, सिभिल बैंक रु १० करोड ५४ लाख ३६ हजार २३८, हिमालयन डिस्टिलरी रु नौ करोड २६ लाख ७१ हजार ७५३ र माथिल्लो तामाकोसी रु आठ करोड ६९ लाख २१ हजार ४७४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो भने सिवाइसिएल लघुवित्तका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाए । तेह्रथुम पावर कम्पनी ७.७८, सिभिल बैंक सात, रिलायन्स फाइनान्सका लगानीकर्ताले ६.४२ प्रतिशतले कमाए । त्यस्तै एनसीसी बैंकको ऋणपत्र ५.८९, स्वाभिमान लघुवित्त ५.६८, सिटिजन म्युचुअल फण्ड दोस्रो ५.२८, किसान लघुवित्त ४.३० र सिटिजन म्युचुअल फण्ड पहिलोका लगानीकर्ताले ३.५१ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ५ : १५ बजे

स्टेडियममा शाकिरालाई ‘किस’ खाएको भिडियो भाइरल: वास्तविकता के हो ?

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत डालस रङ्गशालामा अर्जेन्टिना र

रास्वपा महाधिवेशन : बाहिर भोट माग्दै समर्थक, भित्र आजै चुनावको तयारी

चितवन– चितवनमा आयोजित रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि चुनावको

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

काठमाडौं– काठमाडौं महानगरपालिकाको सहकारी विभागमा पाँच अर्ब २७ करोड रुपैयाँ

विश्वकपको रौनकबीच मेसीको जन्मदिन, अर्जेन्टिनाले भन्यो- ‘ह्याप्पी बर्थडे, क्याप्टेन !’

काठमाडौँ – विश्व फुटबलकै सर्वकालीन महान् खेलाडीमध्येका एक लियोनेल मेसी

प्रधानमन्त्री बालेनले परिवारको तस्बिर पोस्ट गर्दै लेखे ‘भिजिट चितवन, न्यानो ठाउँ’

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले फेसबुकमा परिवारसहितको तस्बिर सार्वजनिक