तुलसीपुरको फोहोरबाट प्राङ्गारिक मल उत्पादनको तयारी « Khabarhub

तुलसीपुरको फोहोरबाट प्राङ्गारिक मल उत्पादनको तयारी


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिले नगरमा निस्कने फोहोरबाट प्राङ्गारिक मल उत्पादन गर्ने भएको छ । 

तुलसीपुरमा बजारबाट उत्पादन हुँदै आएको फोहोरलाई व्यवस्थापन गरी मल उत्पादनको प्रक्रिया सुरु भएको नगरले जनाएको छ । तुलसीपुरबाट उत्पादन हुने गल्ने र नगल्ने फोहोरको वर्गीकरण गरी गल्ने फोहोरलाई प्रशोधन गरेर प्राङ्गारिक मल उत्पादन गरिने छ । अहिले सम्म नगरको फोहोर उठाउने खोल्सामा लगेर फाल्ने काम गरिँदै आइएको थियो । 

उपमहानगरपालिकाले फोहोर प्रशोधनका लागि अत्याधुनिक मेसिन समेत जडान गरेको छ । तुलसीपुर उपमहानगरपालिकाले मेसिन जडान गरिसकेको जनाएको छ तुलसीपुर उपमहानगरपालिका–६ स्थित रहेको ‘डम्पिङ साइड’मा तुलसीपुर बजारबाट उत्पादन भएको गल्ने फोहोरलाई प्रशोधित गरेर प्राङ्गारिक मल उत्पादन गर्ने मेसिनको परीक्षण गरेको छ । यो मेसिन नेपालमै पहिलो पटक जडान गरिएको जनाइएको छ । 

प्राङ्गारिक मल उत्पादन गर्ने मेसिन ढुवानीसहित २६ लाख खर्च भएको छ । सो मेसिनमा दैनिक दुई सय किलो फोहोर हाल्न मिल्ने छ भने १५ दिनसम्म फोहोर हालेपछि प्रत्येक दिन ४० टन प्राङ्गारिक मलको उत्पादन गर्न सकिने छ । यो मेसिन भारतको पुनेबाट वीरगञ्जका नाका हुँदै तुलसीपुरमा ल्याएर जडान गरिएको हो ।

उपप्रमुख स्यानी चौधरीले प्राङ्गारिक मल उत्पादनका लागि जडान गरिएको मेसिन चल्नका लागि ‘थ्री फेज’ विद्युतको आवश्यकता भएकोले नेपाल विद्युत कार्यालय तुलसीपुर वितरण केन्द्रसँग सहकार्य गरेर छिट्टै सञ्चालनमा ल्याउने बताइन । मल उत्पादनको काम एक हप्ताभित्रै सुरु गर्ने उनको भनाई छ ।

उनले उत्पादन भएको मललाई कस–कसलाई, कहाँ कहाँ वितरण गर्ने भनेर कार्यविधि बनाएर बिक्री वितरण गर्ने बताइन् । मलको अभाव भएको समयमा यस प्रविधि मार्फत छिट्टै प्राङ्गारिक मल उत्पादन गर्न सकेमा नगरवासीले ठूलो राहत पाउने उनको विश्वास छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ६ : ४९ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा