एमालेलाई कसैले पनि कमजोर बनाउन सक्दैन : महासचिव पोखरेल | Khabarhub Khabarhub

एमालेलाई कसैले पनि कमजोर बनाउन सक्दैन : महासचिव पोखरेल


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोदावरी– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेलाई कसैले पनि कमजोर बनाउन नसक्ने बताएका छन् । एमाले जिल्ला कमिटी कैलालीले बुधबार धनगढीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा उनले स्थानीय तहको चुनावले एमाले कमजोर नभएको बताएका हुन् । अहिले पनि कम्युनिष्टको अनुहार एमालेभित्र मात्रै रहेको भन्दै उनले कम्युनिष्ट पार्टी मिलाउने सक्ने क्षमता एमालेसँग मात्रै रहेको बताए ।

 कांग्रेसको सरकार छोडेर आए र विगतका कमजोरीमा गल्ती भएको महसुस गरे मात्र नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सित चुनावी एकता हुनसक्ने उनको भनाइ थियो । एमाले कार्यकर्तालाई निर्देशन दिँदै उनले भने, ‘पदका लागि भन्दा पार्टीलाई जिताउन लाग्नुपर्छ, सरकारका गलत कामको विरोध गरेर भण्डाफोर गर्दा एमालेले जित्छ, जनता एमालेसँग रिसाएका छैनन् ।’

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ७ : ०९ बजे

नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदम : बेलायत

काठमाडौं– संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि पूर्वप्रधानन्यायाधीश सुशीला

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत

काठमाडौं – नेपालमा नयाँ अन्तरिम सरकार गठनको छिमेकी मुलुक भारतले

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ २८ गते शनिबार। आश्मिन