बलिउडमा डेब्यु गर्दै सामन्था  « Khabarhub

बलिउडमा डेब्यु गर्दै सामन्था 


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनिन् । उनले कट्रिना कैफ, आलिया भट्ट, दीपिका पादुकोण, रश्मिका मन्दाना र पूजा हेगडेजस्ता अभिनेत्रीलाई पछि पार्दै आफूलाई लोकप्रिय अभिनेत्रीको पहिलो सूचीमा रहन सफल भइन् । हिन्दी भाषामा निर्माण भएको वेब सिरिज ‘द फ्यामिली म्यान’ को दोस्रो सिजनमा देखा परेपछि उनलाई बलिउडको धेरै अफर गयो । 

बलिउडमा फिल्ममा अभिनय गराउन अफर लिएर पुगेका आधिकांश निर्मातालाई ‘ओके’ नभनेकी सामन्थाले अब भने बलिउडमा डेब्यु गर्ने सोच बनाएकी छिन् । भारतीय सञ्चार माध्यमका अनुसार सामन्थाले आयुष्मान खुरानासँग आफ्नो पहिलो बलिउड फिल्म साइन गरेकी हुन् । स्क्रिप्ट मनपरेपछि ‘ओके’ भनेकी सामन्थाको फिल्मको छायांकन यसैवर्षको अन्त्यमा हुने जनाएको छ । यसका साथै उनले अर्को हिन्दी फिल्म समेत साइन गरेकी छिन् । दोस्रो फिल्म पौराणिक महाकाव्यमा आधारित रहेको र त्यसको सुटिङ २०२३ मा सुरु हुने उल्लेख छ । सामन्थाले केही समयअघि नागा चैतन्यसँग सम्बन्ध विच्छेद गरेकी थिइन् ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ७ : ४० बजे

इरानको पुनर्निर्माणमा अमेरिका सहयोग गर्न तयार : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामपछि इरानको पुनर्निर्माणमा अमेरिका सहयोग

स्ट्रेट अफ होर्मुजबाट गुज्रिने हरेक जहाजबाट इरान र ओमानले शुल्क असुल्ने

तेहरान- अमेरिका र इरानबीच भएको दुई हप्ताको युद्धविराम सम्झौतासम्बन्धी एक

ट्रम्पले भने– चीनले इरानलाई युद्धविरामका लागि तयार गर्‍यो

वाशिंटन- युद्धविरामलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ तर्क गरेका

जिल्ला अस्पताल निरीक्षणमा स्वास्थ्य मन्त्री

इनरुवा– स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहताले यहाँस्थित

मध्यपूर्व युद्धविराम : विश्वको प्रतिक्रिया र सुरक्षित मार्ग सुनिश्चित गर्ने आशा

एजेन्सी– संयुक्त राज्य अमेरिका र इरानले दुई हप्ताका लागि युद्धविराममा