जनताले पूर्ण रुपमा अधिकार प्राप्ति नगरेसम्म संघर्ष जारी रहन्छ : विप्लव « Khabarhub

जनताले पूर्ण रुपमा अधिकार प्राप्ति नगरेसम्म संघर्ष जारी रहन्छ : विप्लव


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले आगामी निर्वाचनमा पार्टीले भाग नलिने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विप्लवले हरेक मोर्चामा पार्टी जनतासँग सँगै रहने र निर्वाचनमा भने भाग नलिने बताए । उनले जनताका मुद्दाहरूलाई अघि बढाउनका लागि क्रान्तिकारी मोर्चाको विषयमा छलफल गर्ने बताए । विप्लवले जनताले पूर्ण रुपमा अधिकार प्राप्ति नगरेसम्म संघर्ष जारी रहने स्पष्ट पारे । 

त्यस्तै उनले अमेरिकी सैन्य सहयोग स्टेट पाट्नरसिप प्रोग्राम (एसपीपी) कुनै हालतमा लागू हुन नदिने चेतावनी दिए । मुलुकमा भएको स्रोत र साधनलाई कब्जा गरी परनिर्भरता बनाउन खोजेको आरोप लगाउँदै त्यसको प्रतिरोध गर्ने उनको भनाई छ । 

उनले एमसीसी र एसपीपीका सन्दर्भमा कांग्रेस अमेरिकाप्रति बफादार देखिएको धारणा पनि राखे । उनले एमसीसीविरुद्ध आन्दोलनमा उत्रिँदा पक्राउ परेका विद्यार्थीहरूसँग लाखौं रुपैयाँ धरौटी मागेको प्रति आपत्ती जनाए । राजासँग सेनालाई मिलाए अरु पार्टीलाई प्रतिबन्ध लगाउने तयारी गरेको केही नेताले भन्ने गरेको आफूले सुनेको भन्दै उनले देशहित विपरित काम गर्नेलाई प्रतिवद्ध नै लगाउने जिकिर गरे । 

 

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ७ : २७ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण