जनताले पूर्ण रुपमा अधिकार प्राप्ति नगरेसम्म संघर्ष जारी रहन्छ : विप्लव | Khabarhub Khabarhub

जनताले पूर्ण रुपमा अधिकार प्राप्ति नगरेसम्म संघर्ष जारी रहन्छ : विप्लव


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले आगामी निर्वाचनमा पार्टीले भाग नलिने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विप्लवले हरेक मोर्चामा पार्टी जनतासँग सँगै रहने र निर्वाचनमा भने भाग नलिने बताए । उनले जनताका मुद्दाहरूलाई अघि बढाउनका लागि क्रान्तिकारी मोर्चाको विषयमा छलफल गर्ने बताए । विप्लवले जनताले पूर्ण रुपमा अधिकार प्राप्ति नगरेसम्म संघर्ष जारी रहने स्पष्ट पारे । 

त्यस्तै उनले अमेरिकी सैन्य सहयोग स्टेट पाट्नरसिप प्रोग्राम (एसपीपी) कुनै हालतमा लागू हुन नदिने चेतावनी दिए । मुलुकमा भएको स्रोत र साधनलाई कब्जा गरी परनिर्भरता बनाउन खोजेको आरोप लगाउँदै त्यसको प्रतिरोध गर्ने उनको भनाई छ । 

उनले एमसीसीएसपीपीका सन्दर्भमा कांग्रेस अमेरिकाप्रति बफादार देखिएको धारणा पनि राखे । उनले एमसीसीविरुद्ध आन्दोलनमा उत्रिँदा पक्राउ परेका विद्यार्थीहरूसँग लाखौं रुपैयाँ धरौटी मागेको प्रति आपत्ती जनाए । राजासँग सेनालाई मिलाए अरु पार्टीलाई प्रतिबन्ध लगाउने तयारी गरेको केही नेताले भन्ने गरेको आफूले सुनेको भन्दै उनले देशहित विपरित काम गर्नेलाई प्रतिवद्ध नै लगाउने जिकिर गरे । 

 

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ७ : २७ बजे

नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदम : बेलायत

काठमाडौं– संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि पूर्वप्रधानन्यायाधीश सुशीला

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत

काठमाडौं – नेपालमा नयाँ अन्तरिम सरकार गठनको छिमेकी मुलुक भारतले

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ २८ गते शनिबार। आश्मिन