अक्षयले नछुटाउने काम  « Khabarhub

अक्षयले नछुटाउने काम 


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्राय बलिउड अभिनेता र अभिनेत्रीहरू पार्टीमा देखिने गर्छन । उनीहरूको गसिप वा अन्य विवाद र चर्चा पनि त्यस्तै स्थानबाट आउने गर्छ । यद्यपि यो शैलीमा फरक छन् , अक्षय कुमार । उनी पार्टी जादैनन् । अल्कोहल लिदैनन् । प्याकेटमा बनेका खानेकुरा खाँदैनन् । उनको यो शैलीलाई धेरैले तारिफ गर्छन यद्यपि पछ्याउने कमै छन् । त्यसैले उनको फिटनेसको चर्चा हुन्छ । किनकी उनको दिनचर्या अनुशासित छ ।

उनले यो दिनचर्या र जिन्दगीमा इन्जोइ गर्ने गरेको बताएका छन् । ‘मैले कसैको दबाब र करकापमा यो जिन्दगी रोजेको होइन, यसलाई म इन्जोइ गर्छु,’ अक्षयले भनेका छन् । उनले आफू हरेक दिन सूर्योदय देख्ने गरेको बताए । आफ्ना बुवा सैनिक भएकोले पनि यो तालिकाको विकास भएको समेत उनले बताए ।

‘म गर्व गर्छु हरेक दिन सूर्योदय हेर्न पाउँछु,’ अक्षयले भने, ‘म बिहानै ४ बजे उठ्छु , किनकि यो मैले नै आफूलाई बनाएको नियम हो ।’ उनको फिटनेसको चर्चा बि-टाउनमा हुने गर्छ । उनी नजिकको सुटिङ सेटसम्म हिँडेरै जाने गर्छन् भने बिहानै दैनिक जिम पुग्छन् । उनले प्रायः छायांकन ८र९ घण्टामै सक्ने गरेका छन् । ‘अक्षयले बिहानै छायांकन थाल्छन् र बेलुकीसम्म प्याकअप गर्छन्,’ उनीसँग धेरै फिल्ममा काम गरिसकेका रितेश देशमुखले एक अन्तर्वार्तामा भने ।

यिनै अक्षय अहिले आफ्नो प्रदर्शनको क्रममा रहेको फिल्म ‘ुरक्षा बन्धन’ मा व्यस्त छन् । उनी पछिल्लो केही फिल्म फ्लप भएपछि यसपटक प्रचारमा ध्यान र समय दिइरहेका छन् । उनी बिहानै देखि बेलुकी ९ बजेसम्म फिल्मको काममै व्यस्त रहने गरेका छन् ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ७ : ५७ बजे

इरानको पुनर्निर्माणमा अमेरिका सहयोग गर्न तयार : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामपछि इरानको पुनर्निर्माणमा अमेरिका सहयोग

स्ट्रेट अफ होर्मुजबाट गुज्रिने हरेक जहाजबाट इरान र ओमानले शुल्क असुल्ने

तेहरान- अमेरिका र इरानबीच भएको दुई हप्ताको युद्धविराम सम्झौतासम्बन्धी एक

ट्रम्पले भने– चीनले इरानलाई युद्धविरामका लागि तयार गर्‍यो

वाशिंटन- युद्धविरामलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ तर्क गरेका

जिल्ला अस्पताल निरीक्षणमा स्वास्थ्य मन्त्री

इनरुवा– स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहताले यहाँस्थित

मध्यपूर्व युद्धविराम : विश्वको प्रतिक्रिया र सुरक्षित मार्ग सुनिश्चित गर्ने आशा

एजेन्सी– संयुक्त राज्य अमेरिका र इरानले दुई हप्ताका लागि युद्धविराममा